सुख्खा मौसममा चारकोशे झाडीमा सधै आगलागी

  • चैत २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  बर्षेनी धरान ८ स्थित रहेको चारकोशे झाडीमा आगलागी हुने गरेको छ ।

यस बर्ष पनि यस क्षेत्रको जंगलमा आगलागी भएको छ । लामो समयदेखि खडेरी भएका बेला यस क्षेत्रमा बर्षैनी आगलागी हुने गरेको हो ।

लामो समयदेखि बर्षाद् हुन नसक्दा खडेरीले वनजंगल सुख्खा भएको छ । यो समयमा धरान ८ स्थित चारकोशे झाडीमा आगलागी हुने गरेको छ ।

यस बर्ष पनि यस क्षेत्रमा आगलागी भएको हो । धरान उपमहानगरपालिकाका दमकलले सो क्षेत्रमा आगलागी नियन्त्रण गरे जोखिम भने अझै रहेको छ ।

धरान उपमहानगरपालिकाका वारुण यन्त्रका कर्मचारीहरुले तीन कुनेमा रहेको चारकोशे जंगलमा आगलागी (डढेलो) लाग्नु नौलो नभएको बताउँछन् । बर्षेनी सुख्खा मौसमका समयमा आगलागी हुने जोखिम यस क्षेत्रमा रहने गरेको उनीहरु बताउँछन् ।

वारुण यन्त्रका चालक रमेश कुमार खत्रीलेले खडेरीका समयमा यस्ता जोखिम कम गर्न सबै सचेत हुनुपर्ने बताए ।

धरानका सुमन श्रेष्ठले यो क्षेत्रमा जानी वा नजानी रुपमा बर्षेनी आगलागी हुने घट्ना हुदा जंगल आश्रय लिएका पशुपंक्षीको सरक्षणमा समस्या हुने र आसपासमा समेत जोखिम बढ्ने भएकोलै यस्ता कुराको न्यूनिकरणका लागि सर्बै सचेत हुनुपर्ने बताए ।

विगतमा यो क्षेत्रमा डडेलो लगाइसकेपछि घाँस राम्रो उम्रिने भन्दै आगो लगाउने काम पनि हल्ला चलेको थियो ।

यसका बाबजुद खडेरीले जंगलका रुख पात सुख्खा हुदा चुरोट खानेहरुले सल्काएको चुरोटको ठुटो फाल्ने गरेका कारण पनि आगोलागीको जोखिम हुने गरेको स्थानीयहरु बताउँछन् । शुक्रबार लागेको आगलागी नियन्त्रणमा आएको छ ।

आगलागी समयमै नियन्त्रण भएकोले ठूलो क्षति हुन पाएन । आगलागी के कारणले लागेको भन्ने कुरा अझैसम्म पत्ता लाग्न सकेको छैन ।

धरानमा दीर्घरोगी लक् ...

धरान/अव्यवस्थित जीवनशैली र असन्तुलित खानपानका कारण समाज ...

शिक्षा–स्वास्थ्य ठप् ...

काठमाडौँ/ झन्डै एक महिनादेखि शिक्षक र चिकित्सक आन् ...

धरानमा नेपालकै पहिलो ...

धरान/ धरान बक्सिङको आयोजनामा नेपालमै पहिलोपटक राष्ट्रिय ...

दुबईमा नेपाल फेस्टिब ...

दुबई/  २० अप्रिल २०२५ आइतबारका दिन दुबईको क्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved