सुनसरीमा सात वर्षीया बालिकाको अपहरण, मुख्य अभियुक्त पहिचान

  • चैत २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ कोशी गाउँपालिका–७ मुसहरी टोलकी ७ वर्षीया बालिका इशु सदाको अपहरण भएको छ।

कुशेश्वर सदाकी छोरी इशु  (बुधवार) दिउँसो १:४० बजे घर अगाडि खेलिरहेकै बेला सिटी सफारीमा आएका अपरिचित व्यक्तिले अपहरण गरी लगेका हुन्।

अपहरणको खबर फैलिनासाथ वडाध्यक्षले तत्काल प्रहरी चौकी हरिपुरलाई जानकारी गराएका थिए। सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।

प्रारम्भिक चरणमा अपहरणकारीबारे स्थानीयहरूलाई जानकारी नभएको पाइएको थियो।

तर, जिल्ला प्रहरी कार्यालय सुनसरीले सिसिटिभी फुटेज विश्लेषण र स्थानीयसँगको सोधपुछबाट अपहरणकारीको पहिचान गर्न सफल भएको छ। प्रहरीले दिएको जानकारीअनुसार, अपहरणमा संलग्न व्यक्ति ३० वर्षे जितेन्द्र साह (हलुवाई) हुन्।

उनी सप्तरीको कन्चनरुप नगरपालिका–१२, धरमपुरका स्थायी बासिन्दा भए पनि हाल भारतमा बसोबास गर्दै आएका छन्।

घटनाको थप अनुसन्धानका लागि डीएसपी तथा सुनसरी प्रहरी प्रवक्ता योगराज खतिवडाको नेतृत्वमा ९ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरिएको छ।

टोलीले प्रदेश प्रहरी कार्यालय विराटनगरसँगको समन्वयमा भारतका सुरक्षा निकायहरूसँग समेत सहकार्य गर्दै बालिकाको खोजी जारी राखेको प्रहरीले जनाएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved