लालीगुराँसको राजधानी सुनसान, टिएमजे पुगेका पर्यटक निराश!

  • चैत २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ लालीगुराँसको राजधानी भनेर चिनिने तीनजुरे-मिल्के-जलजले (टिएमजे) क्षेत्रमा यस वर्ष समयमै लालीगुराँस नफुलेपछि आन्तरिक पर्यटक निराश भएर फर्किएका छन्।

हरेक वर्ष चैत्र–वैशाखमा ढकमक्क फुल्ने लालीगुराँस फुल्न ढिलाइ हुँदा लालीगुराँस हेर्न पुगेका पर्यटकले खाली हात फर्कनुपरेको हो।

तेह्रथुम, संखुवासभा र ताप्लेजुङको संगमस्थल टिएमजे क्षेत्रमा हरेक वर्ष गुराँस फुलेर राताम्मे हुने जंगलहरू यसपालि सुनसान छन्। लालीगुराँस नगरपालिकाले संरक्षण गर्दै आएको यो क्षेत्रमा चैत्र अन्तिमसम्म पनि फूल नफुल्दा पर्यटक निराश भएका छन्।

काठमाडौंबाट लालीगुराँस हेर्न आएकी गीता खड्का लालीगुराँस फुलेको नभए पनि पाथीभरा मन्दिरको दर्शन गरेर फर्किएकोमा सन्तुष्ट रहेको बताउँछिन्। तर, उनले मन्दिर क्षेत्रमा शौचालय सुविधाको अभाव रहेको गुनासो गरिन्।

धरानबाट लालीगुराँस हेर्न पुगेकी निर्मला खड्काले पनि गीता खड्काको भनाइसँग सहमति जनाइन्।

विगतमा बसन्तपुर हुँदै टिएमजे जाने पर्यटकका लागि गुराँसको दृश्य लोभलाग्दो हुने गर्थ्यो। सडकमै यत्रतत्र राताम्मे फूल देखिन्थ्यो। तर, यो वर्ष गुराँस ढिलोगरी फुल्ने संकेत देखिएपछि होटल व्यवसायीसमेत फुर्सदिला बनेका छन्।

धनकुटाकी सुम्निमा कार्की र प्रतिमा जोशी लालीगुराँस हेर्नकै लागि टिएमजे पुगे पनि फुल्न ढिलाइ भएपछि निराश बनेका छन्।

२,६६० मिटर उचाइमा रहेको टिएमजे क्षेत्र आन्तरिक पर्यटनको आकर्षण हो। यहाँ २८ प्रजातिका लालीगुराँस फुल्ने गर्दछ। भारतको पश्चिम बंगाल, इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, संखुवासभा, ताप्लेजुङ, पाँचथर, उदयपुरलगायत क्षेत्रबाट पर्यटकहरू हरेक वर्ष गुराँस हेर्न आउने गर्छन्।

टिएमजे क्षेत्र डिभिजन वन कार्यालय तेह्रथुम मातहत रहेको चैते सामुदायिक वन क्षेत्रभित्र पर्दछ।

मन्दिर व्यवस्थापन समितिकी अध्यक्ष प्रतिक्षा अधिकारीका अनुसार मौसमका कारण फूल ढिलोगरी फुल्ने सम्भावना छ।

उनले चैत्रको अन्तिम साताबाट वैशाखसम्म गुराँस फुल्ने विश्वास व्यक्त गरिन्। साथै, मन्दिर व्यवस्थापन सुधार्ने प्रतिबद्धता पनि जनाइन्।

यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न लालीगुराँस महोत्सव आयोजना हुने गर्थ्यो।

तर, कोरोना महामारीपछि महोत्सव हुन नसकेको कारण प्रचारप्रसारमा कमी आएको छ। यस क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रम पुनः सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved