वराहक्षेत्र मेयर लिग : साविक विजेतामाथि वडा नं ९ को सनसनीपूर्ण जित संगम बिष्ट

  • फागुन २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा वडा नं ९ ले साविक विजेता वडा नं १ लाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ।

समूह 'ए' बाट दोस्रो हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको वडा नं ९ ले समूह 'बी' बाट दोस्रो भएको साविक विजेता वडा नं १ लाई १–० को रोमाञ्चक जित दर्ता गर्दै प्रतियोगिताबाट बाहिर पठायो।

निर्णायक गोल गर्दै टिमलाई ऐतिहासिक जित दिलाएका शम्भु चन्द्रवशी खेलको म्यान अफ द म्याच घोषित भए।

उनले नगद २,१०० रुपैयाँसहित ट्रफी प्राप्त गरे।

अब सेमिफाइनलमा वडा नं ९ ले वडा नं ५ संग प्रतिस्पर्धा गर्नेछ। वडा नं ५ ले क्वाटरफाइनलमा वडा नं ४ लाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो।

शनिबार हुने पहिलो सेमिफाइनल खेलमा वडा नं २ र वडा नं १० आमनेसामने हुनेछन्। वडा नं २ ले वडा नं ८ लाई र वडा नं १० ले वडा नं ३ लाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए।

नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिता वराहक्षेत्र नगरपालिका वडा नं ७, देविघाटस्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा भइरहेको छ।

"खेलकुद हाम्रो सान, खेलाडी उत्पादन गर्ने हाम्रो अभियान" भन्ने नारासहित आयोजना गरिएको यो प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने महत्वपूर्ण अवसर प्रदान गरिरहेको छ।

 1741347582944 1741347591417 1741347599225 1741347603204

 

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved