वराहक्षेत्र मेयर कपः वडा नं २ सेमिफाइनलमा प्रवेश

  • फागुन २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

राहक्षेत्र ।वराहक्षेत्र नगरपालिकामा जारी तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत बिहिवार भएको तेस्रो क्वाटर फाईनल खेलमा वडा नं २ बिजयी भएको छ ।

समुह सि बाट बिजेता हुँदै क्वाटर फाईनलको यात्रा तय गरेको वडा नं २ ले समूह ए वाट तेस्रो हुँदै क्वाटर फाईनलमा प्रवेश गरेको वडा नं ८ लाई शुन्यका बिरुद्ब एक गोलको अन्तरले पराजित गरेको हो । बिजयीसंगै वडा नं २ ले सेमिफाईनलको यात्रा तय गरेको छ । अव फाइनल प्रवेशकालागि वडा नं २ ले वडा नं १० संग प्रतिस्पर्धा गर्नेछ । वडा नं १० ले क्वाटर फाईनलमा पहिलो संस्करणको बिजेता वडा नं ३ लाई पराजित गर्दै सेमिफाइनको यात्रा तय गरि सकेको छ ।

तेस्रो क्वाटर फाइनल खेलमा निर्णायक १ गोल समेत गरेका वडा नं २ का टिम क्याम्पटेन आकाश राई म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।लिग फर्म्याटमा सुरु भएको प्रतियोगिता अन्तर्गत शुक्रबार नक(आउट चरण अन्तर्गत अन्तिम क्वाटर फाईनल खेल समूह ए को दोस्रो टिम वडा नं ९ र समूह बि को दोस्रो टिम साविक बिजेता वडा नं १ का बिच हुनेछ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं।७ देबिघाट स्थित वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved