धरान भित्रै उपेक्षामा परेको भन्दै आपत्ती,सर्वदलीय सम्यन्त्र गठन जनप्रतिनिधीलाई खवरदारी गदै केन्द्र सम्म जोड्ने

  • फागुन १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।उपमहानगरबासी भएर पनि उपेक्षामा परेको साविकको पाँचकन्या र विष्णुपादुमा रहेका ग्रामीण भेगको जनताको काम र सरोकारवाला निकायलाई ध्यानकर्षण गराएर अघि बढ्नको लागि धरान ६ पानवारीका राजनीतिक दलहरु एक ढिक्का भएका छन् ।

धरान उपमहानगरवासी भएर पनि उपेक्षामा परेको भन्दै त्यहाँ रहेका सवै दलहरु एक ढिक्का भएर अघि बढ्नको लागि राजनीतिक पार्टीको सर्वदलीय संयन्त्र शनिबार भएको सर्वदलीय भेलाद्धारा गठन भएको छ । उक्त भेलाले हाललाई पार्टीबाट दुई,दुई जना प्रतिनिधित्व गर्ने गरी सर्वदलीय सम्यन्त्र बनाउन तदर्थ समिती गठन गरेको बताइएको छ ।

नेपाली काँग्रेस ६ नम्बर वडा समितीको संयोजनमा उक्त भेला सम्पन्न भएको हो । पार्टी सभापति भुपाल राईका अनुसार ग्रामीण भेगमा रहेको ४ वटा वडाहरुको जनताको पीर मर्का र विकास निर्माणको लागि संवन्धित निकायलाई झक्झकाएर उपमहानवासीको अनुभुति गराउनको लागि प्रयास थालिएको बताए । उनले भने,“उपेक्षामा हामी ग्रामीण भेगका जनताहरु परियो,सिंगो धरानको अनुभुति गर्न पाइएन,अब यो संयन्त्रले स्थानीय तह,प्रदेश र संघ सम्म जोडनको लागि पुलको काम गर्दछ,सवैको साथ र सहयोगको अपेक्षा पनि गरेका छौ।”

नेकपा एमालेका ६ नम्बर वडा कमिटी अध्यक्ष एवम् सर्बदलीय सम्यन्त्रको तदर्थ समिती समेत रहेका हरि राईले संयन्त्र बन्नु मात्रै ठुलो कुरा नभएको काम चाहिँ हेर्न बाँकी रहेकाले अहिले त सकरात्मक होला तर रिजल्ट भने हेर्न बाँकी रहेका बताए ।वडामा वेथिती र विसंगती अनि भ्रष्टचारको जालो तोडेर  अघि बढ्ने र समग्र जनमुखी विकासमा काम गर्ने हो भने सम्यन्त्र वनेको अर्थ हुने राईले बताएका छन् ।

सर्वदलीय सम्यन्त्रमा हाललाई नेपाली काँग्रेसबाट वीर बहादुर कार्की र भुपाल राई,नेकपा माओबादी केन्द्रको तर्फबाट रमेश कटवाल र मचिन्द्र तामाङ,नेकपा एमालेको तर्फबाट हरि राई र राम काफ्ले रहेका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट पदम पौडेल र मचिन्द्र गुरुङ रहेको तदर्थ समिति बनेको छ ।नेकपा माओबादी केन्द्रका नेता रमेश कटवालले पनि संयन्त्र बनेको प्रति समर्थन गर्दै एक्यवद्धता जनाएको बताए ।

सकारात्मक नै देखियो,पहलकदमी गरियो भने राम्रो नै हुनेछ,कम्तीमा वडाको विकासको लागि दलीय आडमा भन्दा निष्पक्ष ढंगले काम गरिएको खण्डमा सुधार हुने अपेक्षा रहेको छ,नेता कटवालको भनाई छ । उनका अनुुसार हाललाई ६ नम्बर वडाको सुधारको लागि काम गर्दै अघि बढ्ने हो भने आगामी दिनमा सवै वडामा काम गर्न सकिने र यहाँको जनप्रतिनिधी सहित नै खानेपानी,स्वास्थ्य,शिक्षा र समग्र विकासको पाटोमा हातेमालो गर्ने लक्ष्य भएको बताए ।

तदर्थ समिती मार्फत फेरी बृहत भेला गरि संयोजक तोकेर काम गर्ने बताइएको छ ।सर्व दलीय सम्यन्त्रले पुर्णता भएपछि  जनप्रतिनिधीलाई खवरदारी गदै केन्द्र सम्म जोड्ने दिर्घकालिन योजना बनाउने लक्ष्य लिएको काँग्रेस सभापति राईको भनाई छ । 

आज गुरु पूर्णिमा र व ...

धरान/ आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर गुरुपूर ...

सुनसरीका पत्रकार आन् ...

इटहरी । इटहरी उप महानगरका मेयर हेमकर्ण पौडेल विरुद्ध सु ...

सामुदायिक स्कुल ओराल ...

धरान/ एसईईको पछिल्लो नतिजाले देशभर सामुदायिक विद्यालयको ...

सडक सुरक्षामा गम्भीर ...

सवारी दुर्घटनाका कारण देशमा बर्सेनि हजारौँ नागरिकको ज्य ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved