कोशी प्रदेश लिगः धाइजन चारआली शिर्ष स्थानमा

  • माघ ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा  झापाको धाइजन चारआली फुटबल क्लब र मोरङको सम्राट स्पोर्टिङ क्लब विजयी हुँदै आ–आफ्नो समुहको शिर्ष स्थानमा उक्लिएका छन् ।

मंगलबार धरान रंगशालामा भएको पहिलो खेलमा लाइब्रेरी फुटबल क्लब भोजपुर लाई ५–१ ले पराजित गर्दै सम्राट स्पोर्टीङ क्लब मोरङ तीन अंक सहित समुह बीको शिर्षस्थानमा उक्लिएको छ ।

सम्राट स्पोर्टीङकालागी हरि खवासले ह्याट्रिक गरे । उनले खेलको पहिलो हाफमा एक गोल र दोस्रो हाफाम २ गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् । उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजार पुरस्कार प्राप्त गरे । त्यस्तै गरी डेबिट मगर र अंकित लिम्बूले थप गोल गर्दै सम्राट स्पोर्टीङलाई ५–१ को फराकिलो जित दिलाए ।

भोजपुरकालागी सुसन तामाङले एक गोल फर्काएका थिए ।

समान तीन अंक भएको गाईघाट फुटबल क्लब गोल संख्याको आधारमा दोस्रो स्थानमा रहेको छ । समुह विजेताको टुंगो लगाउन बुधबार सम्राट स्पोर्टीङ र गाईघाट बीच समुह बी को अन्तिम खेल हुनेछ । भोजपुर भने लिगको दुवै खेलमा पराजित हुदै घर फर्किएको छ ।

त्यस्तै मंगलबार नै भएको दोस्रो खेलमा धनकुटाको देउराली युथ क्लबलाई ३–० ले पराजित गर्दै झापाको धाइजन चारआली फुटबल क्लब तीन अंक सहित समुह सीको शिर्ष स्थानमा रहन सफल भएको छ ।

धाइजनकालागी सागर रसाईलीले दुई गोल गरेका थिए भने निश्चल बस्नेतले एक गोल थपेका थिए । सागर रसाइली खेलको म्यान अफ द म्याच समेत घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।

बुधबार समुह डी अन्तर्गत ताप्लेजुङको प्रगतिशिल युथ क्लब र खोटाङको बुइपा–११ बीच पहिलो खेल हुने र समुह बी अन्तर्गत उदयपुरको गाईघाट फुटबल क्लब र मोरङको सम्राट स्पोर्टीङ क्लब बीच दोस्रो खेल हुने आयोजकले जानकारी दिएको छ ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरुको सहभागीता रहेको कोशी प्रदेश फुटबल सघका अध्यक्ष किशोर राईले जानकारी दिनुभयो ।

११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरुलाई ४ समुहमा बिभाजन गरिएको छ । समुह बिजेताहरुले लिगको उपाधीकालागी पुनः खेल्नेछन् ।
लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनौट हुनेछन् ।

लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved