सडक दुर्घटना न्युनिकरण गर्न चैतसम्म ७ हजार २ सय लाई पढाइने

  • माघ २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । सडक दुर्घटना न्युनिकरण गर्न एक महिना दुई प्रशिक्षण अभियान सञ्चालन हुने भएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले आइतबार इटहरीमा सडक सुरक्षा सचेता जागरण अभियानको शुभारम्भ गर्दै कोशी प्रदेशभरी रहेका संघ संगठनका कमिटीहरुले प्रत्येक महिना अनिवार्य दुईवटा प्रशिक्षण सञ्चालन गर्ने कार्ययोजना बनाएको छ ।

WhatsApp Image 2025-02-09 at 18.12.42 (1)

कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले कार्यपत्र प्रस्तुत गर्नुहुँदै अभियानमा संगठनहरु र सबै व्यवसायी महासंघको प्रदेश कमिटी र मातहत जिल्ला, पालिका र इकाई कमिटीहरुले प्रत्येक महिना दुइवटा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने योजना प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत कार्ययोजना अनुसार एक म्हिनामा दुई प्रशिक्षण गरिने प्रस्ताव छ जस अन्तर्गत संगठन र संघका प्रदेश, जिल्ला, पालिका र इकाई कमिटीहरु र महासंघ आवद्ध व्यवसायी प्रालिहरुले प्रत्येक १५ दिनमा यातायात मजदुर सहभागी गराएर प्रशिक्षण गर्ने उल्लेख छ । प्रशिक्षकका रुपमा ट्राफिक प्रहरीले विज्ञ परिचालन गर्ने र प्रत्येक कक्षामा २५ जनाको संख्यामा चालक, सहचालक, परिचालक र व्यवसायीलाई सहभागी गराईले राईले प्रस्ताव गर्नु भएको छ ।त्यसरी सञ्चालन हुने प्रशिक्षण बढीमा एक घण्टाको हुने समयलाई सिकाईमा केन्द्रीत गर्ने उल्लेख छ ।

प्रशिक्षण श्रव्यदृश्य सामग्री मार्फत दिइने र सडक दुर्घटना सचेतना सम्बन्धी पर्चा, पम्प्लेट, स्टिकर र चित्रहरु मार्फत शिक्षा प्रदान गरिने योजना रहेको छ ।यो अभियान चैत्रसम्म सञ्चालन गर्दा न्युनतम न्युनतम ७ सजार २ सय मजदुरहरुलाई सडक सुरक्षा सचेतना गराउन सकिने भीमज्वाला राईले बताउनुभयो ।

यस अभियानमा दुई वटै संगठनसंगै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशी र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी समेत संगसंगै रहने राईले बताउनु भयो ।कार्यक्रम कोशी प्रदेश आन्दतरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी बेदराज फूयाल, नेपाल प्रहरी कोशी

प्रदेश प्रमुख डिआइजी राजन अधिकारी, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमन तिम्सिना, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कोशीका प्रमुख एसपी विनोद घिमिरे, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशीका संयोजक सरोज श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।गौरीलाको अध्यक्षमा भएको कार्यक्रममा महेश घिमिरेले सञ्चालन र विष्णु खत्रीले स्वागत गर्नुभएको छ ।

एस.ई.ई. स्पिकर–२०८१ ...

धरान/ कोशी प्रदेशस्तरीय एस.ई.ई. स्पिकर– ...

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved