चौथो यले दोङ बास्केटवल प्रतियोगितामा ३० टिम सहभागि बिकास चाम्लिङ राई

  • माघ २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ किरात नया वर्ष यले दोङ ५०८५ (यलम्वर संवत) को अवसरमा आयोजित चौथो यले दोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने भएको छ ।

धरान बास्केटवल संघको अयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा किरात राई यायोक्खाको सहयोगमा माघ २८ गते शुक्रवार आयोजना हुने एक दिने प्रतियोगितामा महिला ७ टिम र पुरुष २३ टिमले सहभागिता जनाएको छ ।

प्रतियोगितामा धरान, तरहरा, मोरङ, झापा लगायत जिल्ला तथा धरान आसपास क्षेत्रका बास्केटवल टिमले सहभागिता जनएको छ ।

प्रतियोगिताको खेल तालिका सहभागि टिमको उपस्थित प्रतिनिधिहरुको उपस्थितिमा आइतवार किरात राई यायोक्खा सुनसरीको सभाहलमा तयार पारिएको छ ।

उद्धघाटन खेल झुनाज फिटनेस र शप्तरङ्गि बास्केटवल टिम ए विच हुनेछ ।

प्रतियोगिताका विजेताले पुरुष तर्फ नगद तिस हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद रु: १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन ।

यसै गरि महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका महिला पुरुष उत्कृष्ट खेलाडि मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले जनहि नगद २ हजार ५ सय सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
किरातिहरुले माघ १ गते देखि यलम्वर संवतको रुपमा नया वर्ष मान्दै आइरहेको छ ।

यहि माघ १ गते देखि यलम्वर संवतलाई मान्दै किरात राई यायोक्खाले देशभर यले दोङ यले संवत ५०८५ भव्य रुपमा मनाएका छन ।

किराति नया वर्षलाई भव्य रुपमा मनाउने क्रममा किरात राई यायोक्खा सुनसरीको सहकार्यमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा धरान भानुचौकको खुल्ला स्थानमा एक दिने बास्केटवल प्रतियोगिता आयोजना हुन लागेका हुन ।

गत वर्षका उपाधि पुरुष तर्फ व्रदस क्लव र महिला तर्फ धरान मेघा हिमालयन कलेजले चुमेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved