वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा फागुन ७ गतेबाट तेस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
लिग फर्म्याटमा आयोजना गरिने वराहक्षेत्र मेयर लिग फुटबल प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार , उपविजेताले १ लाख १ हजार , तेस्रो हुने टिमले ५१ हजार र चौथो हुने टिमले २५ हजार प्राप्त गर्ने नगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
वराहक्षेत्र नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिताको ३ पटक विजेता हुने टोलीले सुन्दर चाँदीको सुन्दर ट्रफी आफ्नो स्वामित्वमा पार्नेछ ।
प्रतियोगिताको विजेताले चाँदीको सुन्दर ट्रफी प्राप्त गर्ने र अर्को सिजनको लिग सुरु हुनु भन्दा अगाडि उक्त ट्रफी आयोजनलाई फिर्ता गर्नुपर्ने र रनिङ्ग शिल्ड प्रतियोगिता भएकाले ३ पटक विजेता भए मात्र उक्त ट्रफी विजेताको स्वामित्वमा हुने वराहक्षेत्र नगरपालिका खेलकुद नगर खेलकुद विकास समितिका संयोजक वडा नं ७ का अध्यक्ष कपिल आचार्यले जानकारी दिए ।
प्रतियोगितामा नगरपालिकाका प्रत्येक वडाको टिम गरेर ११ वटा टिमको सहभागी हुने नगर खेलकुद विकास समितिका सदस्य रोनि विष्टले बताए ।
समूह क , ख, र गबाट उत्कृष्ट अङ्क ल्याउने ३ , ३ र २ वटा टोली छनोट गरेर नकआउट माध्यमद्वारा विजेता छनोट गरिने नगर खेलकुद विकास समितिका सदस्य रोनि विष्टले बताए ।
नगर खेलकुद विकास समितिका संयोजक कपिल आचार्यका अनुसार खेलाडी प्रोत्साहन र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयर लिग कप फुटबल प्रतियोगिताको परिकल्पना गरेर सुरु गरिएको थियो । प्रतियोगिता बारेमा शनिबार खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।
खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियानु भन्ने नारा दिएको प्रतियोगिता वराहक्षेत्र नगरपालिका वडा नं ७ देविघाट स्थित वसन्तऋतु माविको खेलमैदानमा हुनेछ ।
प्रत्येक खेलको म्यान अफ द म्याचले २ हजार १ सय र विधागत उत्कृष्ट खेलाडीले नगद ५ हजार प्राप्त गर्नेछन् । सर्बउत्कृष्ट खेलाडिले १० हजार प्राप्त गर्नेछन् ।