कोशी प्रदेश प्रिमियर लिग फुटबल भाेलिदेखि  धरानमा जिल्ला च्याम्पियनहरु सहभागी

  • माघ २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ कोशी प्रदेश फुटबल एशोसिएसनको आयोजनामा कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिता हुने भएको छ ।

धरान रंगशालमा यही माघ २८ गतेदेखि फागुन ८ गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका ११ जिल्लाका जिल्ला च्याम्पियन टिमहरुले प्रतिष्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिताको विजेता र उपविजेता टोलीले राष्ट्रिय लिगकालागी छनौट प्रतियोगिता ‘अन्तर प्रादेशिक लिग’ खेल्ने अवसर प्राप्त गर्ने कोशी प्रदेश फुटबल एशोसिएसनका अध्यक्ष किशोर राईले जानकारी दिएका छन् ।

प्रिमियर लिगमा सहभागी ११ टिमलाई ४ समुहमा विभाजन गरी प्रतिष्पर्धा गराइने भएको छ ।

जसमा समुह ‘ए’मा लोहरुङ फुटबल क्लब संखुवासभा र पाँचथर युनाइटेड फुटबल क्लब पाँचथर रहेका छन् । समूह ‘बी’ मा गाईघाट फुटबल क्लब उदयपुर, लैबरी फुटबल क्लब भोजपुर, सम्राट रिपोर्टिङ फुटबल क्लब मोरङ छन् ।

समूह ‘सी’ मा देउराली युवा क्लब धनकुटा, धाईजन चारआली फुटबल क्लब झापा, रेडहर्ष फुटबल क्लब इलाम छन् । समूह ‘डी’ मा धरान फुटबल क्लब सुनसरी, प्रगतिशील युवा क्लब ताप्लेजुङ, बुईपा–११ फुटबल क्लब खोटाङ रहेका छन् ।

समुह विजेतालाई अन्तिम चारमा सहभागी हुने मौका हुनेछ । सो ४ टिमले पनि लिगका आधारमा प्रतिष्पर्धा गरेर प्रतियोगिताको विजेता उपविजेता घोषित गरिने अध्यक्ष राईले जानकारी दिएका छन् ।

प्रिमियर लिगको विजेताले २ लाख रुपैया पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख ५० हजार, तेस्रोले १ लाख २५ हजार र चौथो हुने टिमले नगद १ लाख रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको तयारी खर्च स्वरुप पहाडी जिल्लालाई ६० हजारका दरले र तराईका जिल्लालाई ५० हजारका दरले नगद प्रदान गरिएको कोशी प्रदेश फुटबल एशोसिएसनका अध्यक्ष किशोर राईले जानकारी दिएका छन् ।

उनका अनुसार प्रतियोगिताको वेस्ट प्लेयरले ५० हजार रुपया पाउने छन् । भने वेस्ट गोलकिपर, डिफेन्स, मिड फिल्डर, स्ट्राइकरले १५/१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको १६ प्रत्येक खेलमा म्यान अफ दि म्याच पुरस्कार ५÷५ हजार रुपया प्रदान गरिने छ ।

उनले भने ‘तयारीका लागि यो रकम पर्याप्त नहुन सक्छ तर, प्रदेश प्रिमियर लिग तयारीलागि क्लबहरूले जिल्लाको साधन श्रोत परिचालन गरी आफ्नो फण्ड रेजिङ गर्ने अवसरको रूपमा पनि यसलाई उपयोग गर्नु पर्छ ।’

फुटबलमा जिल्लालाई अघि बढाउन स्थानीय साधन श्रोत पनि जुटाउनु पर्ने उनको भनाई थियो । प्रिमियर लिगको उद्घाटन प्रदेशका पर्यटन बन तथा वातावरण मन्त्री सदनन्द मण्डलले गर्ने कार्यक्रम छ ।

लिगका खेलहरू हेर्नका लागि दर्शकहरूले रङ्गशालाको गेटमा २५ रुपयाको टिकट काट्नु पर्नेछ ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved