धरान/२५ औं संस्करणको बढासुब्बा गोल्डकपको उपाधी जितेसँगै न्युरोड टिम (एनआरटी)ले उपाधीमा ह्याट्रिकगरेको छ ।
शनिबार धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधीमा ह्याटिक गरेको हो।
एनआरटीले१० औंसंस्करण र २४ औंसंस्करणमा पनि बुढासुब्बा गोल्डकपको उपाधी जितेको थियो।
उपाधीसँगै एनआरटीले नगद१० लाख पुरस्कार प्राप्त गर्दा उपविजेता भएको चर्च ब्वाइजले नगद ५ लाख पुरस्कार जितेको छ।
प्रतिष्पर्धात्मक खेलमा अग्रता उदाहरणे चर्चब्वाइजले लिएको थियो। खेलको २४ औं मिनेटमा रोहन कार्कीको फ्रिकिकलाईकप्तान अनन्त तामांगले हेड गोल गरेका थिए।
गोल खाएको तीन मिनेट नबित्दै एनआरटीले बराबरी गर्यो।
खेलको २७ औं मिनेटमा एनआरटीका रोबर्टले प्रहार गरेको कर्नरमा चर्च ब्वाइजका गोल किपर क्रिसल मोक्तानले पञ्च गर्न नसक्दास भित्र रुमल्लिएको बललाई हेनरी पोकोले जाली चुमाएका थिए। उनै हेनरीले नै एनआरटीकालागी दोस्रो गोलगरे।
खेलको ५८ औं मिनेटमा चर्च ब्वाइजका डिफेन्स डिका सेर्गेबाट बल खोस्दै उनले उत्कृष्ट गोलगरेका थिए ।
खेलको म्यान अफ द म्याच एनआरटीका हेनरी पोको भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएके थियो ।
एनआरटीले बुढासुब्बा गोल्डकपको उपाधी तेस्रो पटक उपाधी जित्दा चर्च ब्वाइज भने पहिलो पटक बुढासुब्बा गोल्डकपको फाइनलमा पुगेकाे हाे।
बुढासुब्बा गोल्डकपको उपाधी विजेता टिमकोसूचीमा आफ्नो नाम लेखाउनेसपना चर्चब्वाइजले पुरा गर्नसकेन ।
कोे सिजनमा एनआरटी र चर्च ब्वाइज चार वटा प्रतियोगितामा आमने सामने हुदा तीन वटा प्रतियोगिताको फाइनलमा यी दुई टोलीले उपाधीकालागी खेले का छन् ।
बुढासुब्बा गोल्डकप र इलाम गोल्डकपको उपाधी भिडन्तमा एनआरटीले चर्च ब्वाइज पराजित गर्यो जस्तैे चर्च ब्वाइजले झापा कपको उपाधि भिडन्तमा एनआरटीलाई पराजित गरेको थियो ।
शिशिर लेखी प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोलिफ्ट
व्यक्तिगत विधातर्फपनि एनआरटीले बर्चस्व कायम गरेको छ।
प्रतियोगिताकोसवोत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घो लिफ्ट भए। उनलाईनगद एकलाख पुरस्कार प्रदान गरिएको थियो। हाइ स्कोर चर्चब्वाइजका खेलाडीद्वय समिर तामाङ र अर्माण्ड भिदोंग घोलिफ्ट भए।
उनीहरुले समान ३ गोलगरेका थिए। उनीहरुलाई नगद ३५ हजार पुरस्कार प्रदान गरिएको थियो।
त्यस्तै गरी प्रतियोगिताको बेष्ट गोल किपर एनआरटीका प्रमिजय गच्छदार, बेष्ट कोच एनआरटीका हरिओम श्रेष्ठ, बेष्ट फरवार्डचर्चातङरवार्डचचा, ब्वाकरटीमइस डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, बेष्ट मिड फिल्डर चर्च ब्वाइजका रोहन कार्की घो लिफ्ट भए। उनीहरुलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिएके थियो।