प्रेस चौतारीको २७ औ स्थापना दिवस,धरानमा फुटसल प्रतियोगिता आज साँझ भानुचौकमा दिप प्रज्वलन गरिने

  • माघ २२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । श्रमजीवि पत्रकारहरुको साझा संगठन प्रेस चौतारी नेपालको २७ औ स्थापना दिवश आज पत्रकारहरुले देशैभर मनाउँदैछन् । सुनसरीको धरानमा पनि दिवस मनाइएको छ ।

2 1 दिवसलाई पत्रकारहरुले केक काटेर स्थापना दिनको संस्मरण गरे भने  रचनात्मकताको लागि फुटसल प्रतियो्गिताको आयोजना  गरियो । धरान १९ स्थित बुढासुब्बा फुटसलमा नेपाल उधोग तथा ब्यावसायी महासघ धरान र चौतारीबिच मैत्रीपूर्ण फुटसल प्रतियोगिता  सम्पन्न भएको छ ।  प्रतियोगितामा चौतारीलाई ७,५ गोल अन्तरले पराजित गर्दै महासघ बिजतां भएको छ ।  

कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रिय सदस्य तथा धरान उपमहानगरका पूर्व नगर उपप्रमुख मन्जु भण्डारी सुबेदी र प्रेस चौतारी सुनसरीका अध्यक्ष बिकास चाम्लिङले संयुक्त रुपमा केक काटेपछि फुटसल भएको हो ।  सबैसँग एकआपसमा भाईचारा कायम गर्न मैत्रीपूर्ण फुटसल कार्यक्रमको आयोजना गरिएको अध्यक्ष चाम्लिङले बताए ।

3 1 कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सह इन्र्चाज देबेन्द्र कार्की, चौतारी केन्द्रिय सदस्य तथा सुनसरी इन्चार्ज एबम पत्रकार महसंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, कोशी प्रदेससभा सदस्यद्वय बिजय राई र रमेश बस्नेत, एमाले प्रदेस कमिटी सदस्य तथा प्रचार प्रसार सह-सयोजक भिम ज्वाला राई लगायतको उपस्थिती रहेको थियो  । स्थापना दिवसकै अवसरमा आज साँझ ५ वजे भानुचौकमा दीप प्रज्वलन गरिने प्रेस चौतारी धरान नगरका अध्यक्ष रोशन दाहालले बताए ।

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved