भोली देखि बुढासुब्बा गोल्डकप: इतिहास रच्ने दाउमा धरान फुटबल क्लब बुढासुब्बा गोल्डकपको तयारी पुरा विदेशी सहित ८ टिम सहभागी

  • माघ १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरानका उत्साहित भू.पू. फुटबल खेलाडीहरूको सक्रियतामा वि.स. २०५५ साल असार ९ गते धरान फुटबल क्लबको विधिवत स्थापना भयो ।

मोफसलबाट फुटबल खेललाई योगदान दिने उद्देश्यले गठन भएको यो क्लबले सोही सालको कार्तिक २५ गतेबाट अन्तर्राष्ट्रिय स्तरको बुढासुब्बा गोल्कपको शुरुवात गरेको हो ।

तर गोल्डकपको शुरुवात गर्ने क्लबले गोल्कपको शुरुवाती चरणबाट पटक पटक फाइनलमा प्रवेश गरे पनि क्लबले घरेलु मैदानको फाइदा कहिल्यै लिन सकेन सधै पराजित बन्यो ।

यस पटकको २५ औं गोल्डकपमा भने उपाधि आफ्नो पोल्टामा पारेर इतिहास रच्ने दाउमा क्लब दुई महिना अगाडिदेखि कसरमा रहेको छ ।

क्लब दर्ता भएपछि पहिलो पटक मोफसलकै ठूलो प्रतियोगिताको रुपमा २०५५ कार्तिक २७ गते अन्तर्राष्ट्रि बुढासुब्बा गोल्डकपको शुरुवात भएको थियो ।

प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, विभागीय टिमसहित अन्तर्राष्ट्रिय स्तरका १२ टिम सहभागी थिए ।

दुर्भाग्यबस सञ्चालन भएको पहिलो बर्ष नै बेलगेरिया स्पोर्ट क्लब क्लब भारतलाइ टाइब्रेकरमा धरान फुटबल क्लबलाई ४–३ गोलले पराजित गरी पहिलो संस्करणको उपाधि जित्न सफल भएको थियो ।

यसैगरी २०५६ सालमा भएको दोस्रो संस्करमा विभागीय टिम महेन्द्र पुलिस क्लबले फाइनलमा धरान फुटबल क्लबलाई पराजित गरी गोल्डकपको उपाधि हात पारेको थियो ।

पहिलो संस्करणबाट नै पराजयको यात्रा गर्दै आएको धरान फुटबल क्लब २५ औं संस्करणसम्म आइपुग्दा ५ पटक फाइनलमा पुगेर पनि हार व्यहोर्नु परेको छ ।

घरेलु मैदानको सदुपयोग गर्न नसक्दा पटक पटक हार व्यहोर्नु परेको हो ।

धरान फुटबल क्लबका पूर्व खेलाडी एवम् प्रशिक्षक हेम गुरुङले ५/५ पटक फाइनलम पुग्दा समेत घरेलु मैदानको फाइदा लिन नसकी हार व्यहोर्नु परेको पीडालाई महसुस गरी २५ औं संस्कारमा जित निकाल्दै इतिहास रच्ने दाउमा क्लब लागेको बताए ।

दुई महिना अगाडिदेखि खेलार्डीलाई प्रशिक्षण दिँदै त्यही प्रकारको तयारीमा लागेको उनको भनाई छ ।

बुढासुब्बा गोल्डकप सञ्चालन भएदेखि नै हार व्यहोर्नु परेको मुख्य कारणचाहिँ क्लबको आर्थिक अवस्था मजबुत नभएकै कारण रहेको क्लबका टिम मेनेजर अर्जुन राई बताउछन् ।

उनले क्लबको आर्थिक अवस्था कमजोर भएकै कारण खेलाडीहरुलाई प्रशिक्षण दिएर अब्बल खेलाडी उत्पादन गर्न नसकेको बताए ।

उनले क्लबको आर्थिक अवस्था कमजोर भएकै कारण राम्रा खेलाडी उत्पादन भए पनि सेवा सुविधा राम्रो भएको क्लबबाट खेलाडी खेल्ने भएकोले पनि अहिलेसम्म उपाधि जित्न नसकेको बताए ।

यसपटक भने विगतको भन्दा तयारी राम्रो गरेका कारण इतिहास रच्ने दाउमा क्लब रहेको बताए ।

खेलाडीहरु पनि २५ ओैं संस्करणको प्रतियोगितामा घरेलु मैदानको फाइदा उठाउँदै इतिहास रच्ने दाउमा रहेको बताउँछन् ।

दुई महिना अगाडिदेखि निरन्तर प्रशिक्षण लिइरहेका कारण यस पटक आफ्नो जित सुनिश्चित हुनेमा क्लबका टिम क्याप्टेन दोर्जे तामाङ ढुक्क छन् ।
हुन त क्लबले एन्फाको मापदण्ड अनुसारको खेल मैदानको अभाव पनि विगतमा झेलेको थियो ।

धरान १६ रंगशालामा हुदै आएको प्रतियोगिता १४ औ संस्करणदेखि १९ औ संस्करणसम्म रंगशाला मर्मत संहारका कारण धरान १७ एन्फा टेक्निल सेन्टरको सानो ग्राउन्डमा सञ्चालनमा आएको थियो ।

पछि सरकारी स्तर तथा एन्फाबाट बजेट आएपछि मापदण्ड अनुसारको रंगशाला बनेपछि भने २० औं संस्करणबाट पुन ः धरान १६मा रहेको रंगशालामा सञ्चालनमा आएको थियो ।

क्लबको आर्थिक अवस्था कमजोरका बाबजुद व्यवस्थित खेलमैदान नहुदा क्लबले हार व्यहोर्नु परेको खेलसम्बद्ध व्यक्तिहरुले बताउदै आएका छन् ।

अहिले पनि क्लबको आर्थिक अवस्था सृदृढ हुदे गएको र व्यवस्थित रंगशाला समेत निर्माण भइसकेकाले क्लबले २५ औं संस्कारमा बाजी मार्ने र इतिहास रच्ने धरानका खेलाडी, खेलमा रुची राख्ने सर्वसाधारण, खेल क्षेत्रमा अहोरात्र खटिएका खेलप्रेमी महानुभावहरुले अपेक्षा राखेका छन् ।

बुढासुब्बा गोल्डकपको तयारी पुरा विदेशी सहित ८ टिम सहभागी

 बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । आज बिहीबार धरान रंगशालामा पत्रकार सम्मेलन गर्दै आयोजक धरान फुटबल क्लबले शनिबारदेखि सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको छ ।

प्रतियोगितामा भुटानको आरटीसी फुटबल क्लब र भारतको युकेएफसी सहित ८ टिमले सहभागिता जनाउनेछन् ।

प्रतियोगितामा ए डिभिजनका चर्च ब्वाईज क्लब, नेपाल पुलिस क्लब र एनआरटी क्लबले सहभागिता जनाउनेछन् भने आयोजक धरान फुटबल क्लब, राजा क्लब इटहरी र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले समेत सहभागी हुने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिएका छन् ।

प्रतियोगिताको २५ औं संस्करणको अवसरमा उद्घाटन समारोह विशेष हुने आयोजकले जनाएको छ । उद्घाटन समारोहमा विद्यालयहरुको मार्च पास, ८० जनाको समुहको विशेष नृत्य र ५ पाउण्डको केक काट्ने कार्यक्रम रहेको अध्यक्ष तामाङले जानकारी दिए ।

चर्च ब्वाइज युनाइटेड काठमाडौ र नेपाल पुलिस क्लब काठमाडौले उद्घाटन खेल खेल्दैछन् । माघ १९ गतेदेखि २६ गतेसम्म धरान रंगशालामा प्रतियोगिता चल्नेछ ।

पुरस्कार राशी प्रायोजनबाटै

प्रतियोगिताको पुरस्कार राशीहरु प्रायोजनबाटै प्राप्त हुने भएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार १० लाख रुपैया धरान बहराइन एकता समाज र धरान समाज युकेबाट प्रायोजन हुने र दोस्रो पुरस्कार ५ लाख रुपैया क्लबका शुभचिन्तक अरुण राईले पोर्चुगलबाट प्रायोजन गरिदिने भएको क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिएका छन् ।

त्यस्तै गरी प्रत्येक खेलको म्यान अफ द म्याच धरानको माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले, प्रतियोगिताको उत्कृष्ट खेलाडी केन्द्र लिम्बूले पोर्चुगलबाट र विधागत उत्कृष्ट ७ जनालाई केल्मे ब्राण्डले प्रायोजन गरेको छ ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved