नर्सिङ पेशामा लागेकाहरु हरेक बर्ष पलायन भएर जाने क्रम बढ्दै

  • माघ १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । मंगलबार राष्ट्रिय नर्सिङ दिवस । धरानमा समेत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यरत नर्सहरुले भव्यसताका साथ मनाएका छन् । विहान प्रभातफेरि पछि उनीहरुले प्रतिष्ठानको उपकुलपतिको प्रांगरणमा एक कार्यक्रमको आयोजना गरी नर्सिङ दिवस मनाएका हुन् ।

नर्सलाई सुरक्षित र सम्मान जनक काम गर्न पाउनुपर्छ भन्ने नाराका साथ आज यो दिवस मनाइएको हो । कार्यक्षेत्रमा काम गर्दै नर्सहरुले व्यस्थताका बाबजुद उनीहरुले आफ्नो पेशालाई मर्यादित र सुरक्षित बनाउन राज्यलाई झक्झक्याउनकै लागि यो दिवस मनाइएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत नर्स निर्मला बास्तोलालेले बताइन् ।

उनले नर्सहरुरुले सेवाभावको भावना लिएर काम गरे पनि जस नपाउने भएकोले सुरक्षित र सम्मानजनक काम गर्न पाउनुपर्छ भन्ने नाराका साथ नर्सिङ दिवस मनाइएको बताइन् । उनले क्षमता अनुसारको काम नपाएको, कामको आधारमा श्रेणीमा वृद्धि नगरेको लगायतका कुरामा नेपाल सरकारले ध्यान नदिँदा नर्सिङ पेशामा लागेकाहरु हरेक बर्ष पलायन भएर जाने क्रम बढ्दै गएको बताइन् ।

यस्तै नर्सिङ इन्चार्ज रमानन्द चौधरीले नर्सहरुलाई जहिल्यै राज्यले उपेक्षा गर्ने गरेको बताउदै सम्मानित पेशा नर्स भएपनि राज्यको नजरमा कहिल्यै नपरेको गुनासो गरे । उनले कार्यरत संस्था तथा नेपाल सरकारले नर्सहरुलाई जहिल्यै शोषण गर्ने गरेको गुनासो पोखे ।

यस्तै नर्सिङ विभागकी मेट्रोन कला थापाले नर्सहरु असुरक्षित अवस्थामा असम्मानजनक ढंगबाट काम गरिरहेकोले यस बर्ष सम्बन्धित पक्षलाई नर्सहरुको सम्मान गर्नुपर्छ भन्ने कुरालाई दबाब दिदै नर्सिङ दिवस मनाइएको बताइन् ।

राष्ट्रिय नर्सिङ दिवस नेपालमा हरेक वर्ष जनवरी महिनाको २८ तारिखका दिन मनाइन्छ । विक्रम सम्वत २०१८ सालमा नेपाल नर्सिङ संघको स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष जनवरी २८ मा नर्सिङ दिवस मनाउने गरिन्छ भने अन्तर्राष्ट्रिय नर्सिङ दिवस भने फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन मे १२ मा मनाउने गरिन्छ ।

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

वराहक्षेत्रमा स्थानी ...

वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकाले स्थानीय पा ...

धरानको श्रम संस्कृति ...

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईक ...

वराहक्षेत्र मन्दिर प ...

वराहक्षेत्र/  सुनसरीको वराहक्षेत्र नगरपालिका& ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved