धरान/ छिमेकी मित्र राष्ट्र भारतको ७६ औ गणतन्त्र दिवसको अवसरमा नेपाल भारत मैत्री संघ, जिल्ला शाखा धरानले धरान ८ स्थित राधाकृष्ण प्रणामी मन्दिरलाई सहयोग गरेको छ । आवाससहितको सो भवनमा चाहिने आवश्यक सामाग्री सो अवसरमा प्रदान गरिएको हो ।
सो अवसरमा संघले भवन निर्माणपश्चात चाहिने आवश्यक सामाग्री एउटा सिरक, सिरकको खोल दुईवटा, ओछ्याउने मेट्रेस एउटा, तन्ना २ वटा, सिरानीको खोल ४ सहित गरी पाँच कोठामा पुग्ने सामाग्री प्रणामी मन्दिरलाई प्रदान गरेको हो ।
यस्तै मारवाडी सेवा समितिले समेत पाँच वटा कोठालाई पुग्ने सिरक, डस्ना लगायतका सामाग्री सोही कार्यक्रममा प्रदान गरेको थियो । भवन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको सो भवनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले फागुन ९ गर्ते कार्यक्रम रहेको छ ।
सो अवसरम बोल्दै १०८ जगत नन्दन शास्त्रीले गरिब तथा सहायका लागि भवन निर्माण गरिएको र उनीहरुलाई गाँस, बास र कपास प्रदान गर्ने प्रयोजनको लागि भवन निर्माण गरिएको बताए । उनले फागुन ९, १० र ११ गरी तीन द्विवसीय कार्यक्रमको गरी भवनको उद्घाटन कार्यक्रम रहेको जानकारी दिए ।
सो अवसरमा बोल्दै भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानका प्रमुख प्रभारी अधिकारी मेजर भरत कनौजियाले भारतको गणतन्त्र दिवसको अवसर पारेर पुण्य काम गरेकोमा उहाँले संघलाई धन्याद दिए ।
धरान ८ धनकुटे रोडमा रहेको प्रणामी मन्दिर परिषरमा बनेको धर्मशालाले धरानस्थित बीपी कोइरालामा उपचारका आएका विरामी तथा विरामीका आफन्तलाई बास बस्न अत्यन्तै सहयोग पुग्ने कोशी प्रदेशकी सांसद यशोदा कायस्थले जानकारी दिए ।
उनले यो पुण्य काम सह्रानीय काम भएको भन्दै सहयोगी दाताहरुलाई पनि धन्यवाद दिए ।
नेपाल भारत मैत्री संघ धरानका अध्यक्ष सरोज श्रेष्ठको अध्यक्षतामा भएको सामाग्री वितरण कार्यक्रममा सो अवसरमा सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष बिजय श्रेष्ठ, स्थानीय जनप्रतिनिहरु त्था राधना कृष्ण प्रणामी मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा उपस्थिति सबैले मन्दिरको प्रांगरणमा निर्माण भएको धर्मशालाले गरिब तथा असहायहरुलाई बास बस्न सहज हुने बताएका थिए ।