धरानमा सोनाम ल्होछार मनाउने

  • माघ १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानमा तामाङ जातिको नयाँ बर्ष अर्थात (सोनाम ल्होछार) को अवसरमा द१५ दिनसम्म विविध कार्यक्रमहरु हुने भएको छ ।

नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिले शनिबार पत्रकार सम्मेलन गर्दे सोनाम ल्होछार पर्व माघ १७ गतेदेखि १५ दिनसम्म विविध कार्यक्रम गरि मनाउने जानकारी दिएको हो ।

नेपाल सरकारले २०६१ सालदेखि माघ शुक्ल प्रतिपदा तिथीमा मनाइने सोनाम ल्होछारलाई राष्ट्रिय पर्वकोरुपमा घोषणा गरेको थियो ।

घेदुङका सचिव ललितबहादुर तामाङका अनुसार माघ १७ गते एक दिन भानुचोकमा भव्यरुपमा र्याली, झाँकीसहित भव्यरुपमा ल्होछार मनाइनेछ भने १५ दिनसम्म विभिन्न वडाहरुमा शुभकामना आदानप्रदान गरि मनाइनेछ ।

घेदुङका अध्यक्ष सपन कुमार योञ्जन तामाङले पहिलो दिन र्यालीमा जातीय सँस्कृति झल्काउने गरि सहभागीता हुने बताए ।
भानुचोकमा हुने कार्यक्रममा २० वटै वडाको तामाङ सेलो नृत्य प्रस्तुतीको प्रतिस्पर्धा पनि हुने उनले बताए ।

नेपालसहित भारत, चीन, मंगोलिया, जापान, कोरिया, हङकङ, भियतनाम, लाओस्, थाइल्याण्ड, भुटानलगायत देशहरुमा पनि माघ शुक्ल प्रतिपदाको तिथीमा नै सोनाम ल्होछार धुमधामले मनाउने गरिन्छ ।

त्यसैले ल्होछार पर्व अन्तरराष्ट्रिय पर्वको रुपमा पनि चिनिने पनि घेदुङले जनाएको छ ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved