बराहक्षेत्रमा बिरामीको चाप बढ्यो बिरामीको लागि शल्यक्रिया भवनको शिल्यनास

  • माघ १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पताल परिसरमा सामान्य शल्यक्रिया भवनको शिल्यनास गरिएको छ ।
उक्त भवनको नगर प्रमुख रमेश कार्कीले सोमवार शिल्यनास गरेका हुन् ।

भवन शिल्यनास कार्यक्रममा उप –प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं ५ का अध्यक्ष रोहित काफ्ले , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , अस्पतालक व्यवस्थापन समितिकाका सदस्य अनु गुरुङ्ग, इन्जिनियर सुरज खड्का , नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्ट, निर्माण कम्पनीका सञ्चालकहरु , स्थानिय समाजसेविहरुको उपस्तिथि रहेको थियो ।

संघिय सरकारको ३८ लाख र नगर अस्पतालको आन्तरिक स्रोतबाट गरी ५९ लाख १८ हजार १ सय ३२ रुपैया ४० पैसामा भवन निर्माण सम्पन्न हुने गरि ठेक्का लागेको नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस बिष्टले जानकारी दिए ।

आगामी असार मसान्तसम्म निर्माण हुने उक्त भवन १ तल्ले ४ कोठे निर्माण हुनेछ ।
नगरपालिकाद्बारा सञ्चालित उक्त अस्पतालमा सेवाग्राहीहरुको चापलाई मध्यनजर गर्दै भौतिक संरचना निर्माण र जनशक्तिसंगै सेवाहरु बढाउदै लगिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए ।

अस्पतालको प्रशासन र व्यवस्थापन सबल पछि भौतिक संरचना ( भवन) र जनशक्ति ( चिकित्सक , स्वश्यकर्मी ) समेत बढाईएको छ ।
हाल दैनिक अस्पतालमा २ सय ७५ देखि ३ सय २५ को संङख्यामा सेवाग्राहीहरू आउने गरेका छन् ।

हाल अस्पतालले वर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ । २४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स–रे, फिजोयोथेरापी सेवा, आँखा उपचार सेवा, हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स–रे र सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भइरहेको छ ।

२०७९ अगाडिसम्म जर्जर अवस्थामा रहेका अस्पतालले हाल विभिन्न सेवाहरू बढाउने लक्ष्य सहित भौतिक संरचना निर्माण र जनशक्ति थप्ने योजना बनाएको अस्पतालका निमित व्यवस्थापक दिवस बिष्टको भनाई छ ।

हाल अस्पतालकै आम्दानीबाट फार्मेसी भवन र आधानिक आक्समिक कक्ष निर्माण गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved