धरान ८ समृद्ध बन्दैछ :सांसद विजय राई

  • माघ १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/धरान ८ नम्बर वडा समृद्ध बन्दै गइरहेको कोशी प्रदेश सांसद विजय राईले बताउनु भएको छ । आइतबार नेकपा (एमाले) धरान ८ नम्बर वडास्थित सभागृह टोल कमिटीको भेलालाई सम्बोधन गर्नुहुँदै नेकपा (एमाले) कोशी प्रदेश सचिवालय सदस्य राईले विकास र स्रोतसाधनमा धरान ८ समृद्ध बन्दै गइरहेको बताउनुभयो । 

धरानको बसपार्क यसै पडामा रहेको, नगरप्रवेश र निकासको महत्वपूर्ण द्धार यही वडामा रहेको देशकै लाइफलाइनका रुपमा लिइएको पूर्वपश्चिम मदन भण्डारी राजमार्ग यही वडामा रहेको, जिल्ला ट्राफिक प्रहरी कार्यालय र धरानकै सिटीहल सभागृह समेत यसै वडामा रहेको वहाँले बताउनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद राईले विकास र समृद्धिको प्रचुर सम्भावना भएको यसवडामा आधारभूत वस्ती र दुइवटा खहरे कटानले समस्या, पूर्वाधार विकासका थुप्रै समस्याहरु रहेका भएपनि त्यसलाई विस्तारै समाधान गर्दै जाने वहाँले बताउनुभयो । 

वडामा नेकपा एमाले नेतृत्वको सरकार भएपनि नगरमा प्रतिकुल प्रमुख रहेकाले सोचेँ अनुसार काम गर्न नसकिएको सांसद राईले बताउनुभयो । 

कार्यक्रमका विशेष अतिथि नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले टोलको समस्या, पूर्वाधार विकास र आधारभूत वर्गको समस्या समाधानका लागि तीनवटै तहको सरकारमा एमालेको अगुवाई आवश्यक रहेको बताउनु भएको छ । 

कार्यक्रममा नेकपा एमाले सुनसरी सदस्य नारायण सुवेदी, धरान नगर अध्यक्ष हर्कजंग एभेङ, धरान वडा नम्बर ८ का अध्यक्ष धनबहादुर राईले समग्र वडाको कामको विषयमा बोल्नु भएको थियो । 

भेलाले कल्पना मेन्याङ्बोको अध्यक्षमा १३ सदस्यीय नेकपा (एमाले) धरान ८ सभागृह टोल कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा विनु मगर, सचिवमा सम्झना बराइली, उपसचिवहरुमा पद्मा लिम्बू, ज्ञानुमाया तामाङ (गुरुङ) रहनु भएको छ । 

त्यस्तै सदस्यहरुमा सिता नेपाली, देवीलाल विक, सुरेन राई, मकरबहादुर राई, दिपा श्रेष्ठ, अर्जुन तामाङ, भीम याखा र संगीता श्रेष्ठ रहनु भएको छ । 

खड्ग विकको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एमाले) धरान ८ का अध्यक्ष लक्ष्मण दासले स्वागत र बलिन्द्र बराइलीले सञ्चालन गर्नु भएको थियो । 

कार्यक्रममा धरान ८ नम्बर वडाका निर्वाचित सदस्यहरु सावित्रा परियार, देवी लामा र धरान उपमहानगर कार्यपालिका सदस्य दिनेश गजमेरको उपस्थिति रहेको थियो ।

 

Emale IMG-20250127-WA0006

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved