सुन्तलाको उन्त्पादनमा कमीः माग धान्नै धौ धौ

  • माघ १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ अहिले सुन्तालको पिक समय हो । पूर्वी पहाडी जिल्लामा उत्पादन भएका सुन्तलाको माग अत्याधिक भए पनि उत्पादन कम हुदा माघ धान्नै गार्हो भएको कृषि उपज बजारले जनाएको छ ।

पूर्वी पहाडी क्षेत्रमा यतिखेर सुन्तलाको सिजन सुरु भएको छ । तर गतवर्षको तुलनामा यसपटक पूर्वी पहाडी जिल्लाहरुमा माग अनुसारको सुन्तलाले बजार धान्न नसक्दा सुन्तलाको मूल्य बढेको छ ।

धरानस्थित कृषि उपज बजारस्थलका अनुसार गत वर्षको तुलनामा ५० प्रतिशत मात्र सुन्तला बजारमा आएको छ । गतवर्ष यो सिजनमा पौष मसान्तसम्म कृषि उपजबजार स्थल धरानमा ४५ सय मेट्रिक टन सुन्तलाको कारोबार भएको थियो । तर, यो वर्ष ३५ सय सय मेट्रिक टन बराबरको सुन्तलाको कारोबार भएको कृषि बजारले जनाएकौ छ ।

उत्पादन कम हुदा सुन्तलाको मूल्यमा बृद्धि भएपनि माग धान्नै गार्हो भएको छ । पहाडी क्षेत्र अर्थात उत्पादन भएकै स्थानमा पुगेर विक्रीका लागि ल्याउने गरेका व्यापारीहरु खिरज थापाले बोटमै सुन्तलाको मूल्य उच्च रहेको भएपनि माग धान्न कठिन भएको बताएका छन् ।

बजारमा धनकुटा, भोजपुर, तेह्रथुम, खोटाङ, संखुवासभाबाट सुन्तला आउने गर्दछन् । कृषकले बोटमै प्रति केजी १ सय देखि १ सय ५ रुपैयासम्म लिने गरेको र ढुवानी खर्च सबै जोडेर यहा उपभोक्ताले १ सय ५० रुपैया पर्ने कृषि बजारका थोक विक्रेता लाल बहादुर बस्नेतले बताए । गत बर्ष यही सिजनमा उपभोक्ताले १ सय रुपैयासम्म तिरेर सुन्तला खरिद गरेका थिए ।

यस बर्ष जाडोको मौसममा त्यति चाडो नभएकै कारण यस पटक सुन्तलाको माग उच्च रहेको धरानस्थित कृषि बजार व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पर्शुराम कटुवाल बताउछनज् ।

उच्च माग भए पनि उत्पादन कम हुदा माग अनुसार धान्न नै मुस्किल परेको बताए । सुन्तला उत्पादनमा कमी आउनुको मुख्य कारण सुन्तलाको बोट मर्नु र फुल लागेको वेलामा झर्नु हो । सुन्तलामा देखिने यस्ता रोगहरुको निदानबारे सम्बन्धित निकायको समयमा नै ध्यान जान जरुरी छ ।

जसले गर्दा सुन्तला खेतीमा आश्रित रहेका कृषकहरुको पेशा सुरक्षित हुने थियो ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved