धरान । घर र टोलका हरेक समस्याहरुको समाधानको अगुवाई एमालेले गर्ने नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले बताउनु भएकोछ ।
बुधबार नेकपा (एमाले) धरान ८ नम्बर वडास्थित सभागृह गौरी टोल कमिटीको भेलालाई सम्बोधन गर्नुहुँदै पूर्वाधार विकाससंगै जनसरोकारका विषयमा एमालेका हरेक पंक्ति परिचालित हुने समेत राईले बताउनुभयो ।
धरान ८ सभागृह मार्ग निवासी राप्रपा धरानकी सक्रिय कार्यकर्ता सविता रसाइलीलाई पार्टीमा स्वागत गर्दै कार्यक्रमको प्रमुख अतिथि राईले भूमिहिन सुकुमबासी, मजदुर, किसान र उत्पीडित वर्गको पार्टी एमालेप्रतिको जनविश्वास बलियो बन्दै गइरहेको र अब हरेक टोलमा एमाले स्थापित हुने बताउनुभयो ।
भेलाले डिकबहादुर मगरको अध्यक्षतामा १५ सदस्यीय सभागृह गौरी टोल कमिटी गठन गरेकोछ । कमिटीको उपाध्यक्षमा कुमारी तामाङ, सचिवमा सविता रसाइली, उपसचिवहरुमा चुडामणी परियार र तारा गन्धर्व चयन हुनु भएको छ ।त्यस्तै सदस्यहरुमा धनबहादुर राई (बि), सविना श्रेष्ठ, लक्ष्मी नेपाली, सनज्योती लिम्बू, लोकबहादुर विक, पूर्णीमा तामाङ, रविलाल रोका, कुमार श्रेष्ठ, चन्द्रमाया लिम्बू र सुनिता श्रेष्ठ सर्वसम्मत चयन हुनु भएको छ ।
कार्यक्रममा नेकपा ९एमाले० सुनसरी जिल्ला सचिवालय तथा वडा इन्चार्ज नारायण सुवेदी, नेकपा एमाले धरान अध्यक्ष हर्कजंग एभेङ, धरान उपमहानगर वडा नम्बर ८ का अध्यक्ष धनबहादुर राईले शुभकामना व्यक्त गर्नु भएको थियो ।नेकपा ९एमाले० नगर सचिव राजेन्द्र राई, नगर सदस्यहरु लोककुमारी श्रेष्ठ र कमल भट्टराई, जेष्ठ कम्युनिष्ठ दलबहादुर लिम्बू, मजदुर नेता लक्ष्मी बानियाँ, किरण थापा लगायतको उपस्थिति रहेको थियो ।
डिकबहादुर मगरको अध्यक्षमा भएको कार्यक्रम सञ्चालन बलिन्द्र बिकले गर्नु भएको थियो भने कार्यक्रममा सहभागीहरुलाई नेकपा ९एमाले० ८ नम्बर वडा अध्यक्ष लक्ष्मण दासले स्वागत गर्नुभएको थियो ।