वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

  • माघ १, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/  माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । माघ १ गतेदेखि लागू हुनेगरि सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले ब्याजदरलाई निरन्तरता दिएका छन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १७ वाणिज्य बैंकले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बाँकी दुई वटाले ब्याजदर घटाएका छन् भने एक बैंकले ब्याजदर बढाएको छ ।

ब्याजदर घटाउनेमा कृषि विकास बैंक र नेपाल एसबिआइ बैंक रहेका छन् । कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगतमा ५.५१ र संस्थागतमा ३.२५ तोकेको छ ।

बैंकको यस्तो ब्याजदर व्यक्तिगतमा ५.५७ र संस्थागतमा ३.२५ थियो । नेपाल एसबिआइ बैंकले व्यक्तिगतमा ५.५ र संस्थागतमा ४.५ ब्याजदर तोकेको छ ।
ब्याजदर बढाउनेमा लक्ष्मी सनराइज बैंक रहेको छ ।

यस बैंकले माघ महिनाका लागि व्यक्तिगतमा ५.७५ र संस्थागतमा ४.५ तोकेको छ । पुस महिनामा यस बैंकको ब्याजदर व्यक्तिगतमा ५.५ र संस्थागतमा ४.५ कायम थियो ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved