वराहक्षेत्रमा महिलाहरुलाई नौमति पञ्चे बाजा बनाउने तालिम संगम विष्ट

  • पुस २९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  नेपाली मौलिकता बोकेको नौमति पञ्चे बाजा संरक्षण गर्ने उदेश्य अनुसार वराहक्षेत्र नगरपालिकामा नौमति पञ्चे बाजा तालिम आयोजना गरिएको छ ।

लोभ हुँदै गएको मौलिक नौमति पञ्चेको संरक्षण , प्रनद्बनकालागि वराहक्षेत्र नगरपालिकाको सहयोगमा तालिम सुरु भएको हो ।

वराहक्षेत्र नगरपालिकाको सहयोग तथा नेपाल संयुक्त दलित समाज वराहक्षेत्रको आयोजनामा ४५ दिने नौमति पञ्चे बाजा बजाउने तालिम सुरु भएको नगरपालिकाका सामाजिक बिकाश शाखाका प्रमुख अरुण मेहताले जानकारी दिए ।

आइतवारवाट सुरु तालिमको नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं ७ अध्यक्ष कपिल आचार्य , वडा नं ९ अध्यक्ष निरञ्जन चन्द्रवशी लगायतको आतिथ्ता रहेको थियो ।

बिवाह, उत्सव तथा शुभ कार्यमा प्रयोग गरिने मौलिकता बोकेको
दमाह, झ्याम्टा, सनाइ, ढोलक, ट्याम्को, नरहिङ्हा जस्ता ९ वटा बाजाहरुलाई एकैसाथ बजाउने नौमति बाजा लोभ हुँदै गएको र यसको संरक्षणकालागि तालिम प्रदान गरिने कार्यक्रम ल्याएको नगर प्रमुख रमेश कार्की बताए

गत वर्षहरुमा पनि नगरपालिकाले उक्त नौमती बाजा बजाउने तालिम प्रदान गरिएको थियो ।
वराहक्षेत्र नगरपालिकाले प्रशिक्षण दिए पछि नगरपालिकामा २ वटा नौमति बाजा बजाउने समूह क्रियाशिल रहेको छ। बिशेषगरि नौमति बाजा बनाउने समुहमा महिलाको संङख्या उल्लेखनिय रहेको छ ।

सुनसरीका एसपीलाई आयो ...

एसपी सुमन कुमार तिम्सिना ज्यु।हजुरको जिम्मेवार ओहोदाको ...

धरानको बिजिनेश एक्स् ...

धरान/“झिमझिमाउने आँखाले” बोलको गीत अहिल ग्ल ...

ताप्लेजुङबासी पाथीभर ...

धरान/  धरानमा ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल ...

अपांग तथा असहाय केन् ...

धरान/  बीरगञ्जस्थित बन्द रहेको कृषि औजार कारख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved