सहभागी कृषि सहकारीको १४ औं बाषिकोत्सव ‘सहकारीलाई नियमन गर्दैछौ’ मन्त्री हाङगाम

  • पुस २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान /कृषिलाई प्राथमिकतामा राखेर विगत १४ बर्षदेखि निरन्तर सञ्चालन हुदै आएको धरान ६ पानबारीमा रहेको सहभागी कृषि सहकारी संस्था लिमिटेडको कामप्रति त्यहाँ काम गर्ने सञ्चालक समिति, शेयर सदस्य तथा कृषि क्षेत्रमा लागेका कृषकहरु लाभान्वित बनेका छन् ।

WhatsApp Image 2025-01-12 at 17.03.10

देशका अन्य सहकारी संस्था बन्द हुने तथा बन्द भएर सर्वसाधारणको करोडौ रुपैया अपलचन गरेर फरार रहेको अवस्थामा यो सहकारी संस्थाले भने उदाहरणीय काम गर्दै आएको छ ।

धरान ६ पानबारीमा रहेको यो सहकारी संस्थाले आफ्नो १४ औं बाषिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । सो अवसरमा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी खगेन्दसिं हाङगामले साधारणसभाको उद्घाटन गरेका थिए ।

WhatsApp Image 2025-01-12 at 17.03.06

उद्घाटन पश्चात बोल्दै मन्त्री हाङगामले सहकारी संस्थाहरु सरकारी नियन्त्रणभन्दा बहिर रहेको, बचतकर्ताको करोडौ रुपैया लिएर फरार रहेका घट्नाहरु भइरहदा यो संस्थाले गरेको कामप्रति आफू सन्तुष्ट भएको बताए ।

WhatsApp Image 2025-01-12 at 17.03.54

उनले अन्यायमा परेका बचतकर्ताहरुको रकम नडुबोस् भन्नका खातिर प्रदेश सरकारले व्यवस्थापन समिति गठन गरेको र अब सहकारीमा भएका अनियमितता, रकम हिनामिनाको फेहरिस्त तयारी पारी यो समितिले बचतकर्ताहरुको रकम फिर्ताका लागि दृढ रुपमा अगाडि बढ्ने बताए ।

WhatsApp Image 2025-01-12 at 17.04.06 (1)

उनले यो समितिले अब तदरुकताका साथ काम गर्ने भएकोले सहकारी संस्थामा अब ढुक्कका साथ रकम जम्मा गर्न बचतकर्ताहरुलाइ आश्वासन दिए ।सो अवसरमा बोल्दै संस्थाकी अध्यक्ष झुमादेवी राईले धरान उपमहानगरपालिकाभित्र रहे पनि भौगोलिक अवस्थाले समेत धरान उपमहानगरपालिकाको अत्यन्तै विकट भएकोले समस्यालाई चिर्दै सहकारी संस्थालाई अगाडि बढाउन सकिएको बताए ।

WhatsApp Image 2025-01-12 at 17.04.05

उनले कृषको जीवनस्तर उकास्नकै लागि सञ्चालन भएको यो सहकारीको सञ्चालनमा समस्या भएपनि अहिले सबै कुरा सहज बन्दै गएको बताए ।कृषि क्षेत्रमा लागेका कषिकलाई ऋण, मल विउ समेत प्रदान गर्दै आएको यो संस्थाले कृषकको जीवनस्तर उकास्नमा ठूलो योगदान पु¥याएको संस्थाका अध्यक्ष राईको् भनाई छ ।

राईका अनुसार उत्कृष्ट बचतकर्ता, कृषक तथा संस्थामा आवद्ध रहेर सहयोग पु¥याउने महानुभावहरुलाई सम्मान समेत गरेको थियो ।

WhatsApp Image 2025-01-12 at 17.04.04 (2)

धेरै सहकारी संस्थाको अवस्था नाजुक बन्दै संस्थामा आवद्धहरु फरार हुदै आएको अवस्थामा यो संस्थाले भने निरन्तर सञ्चालन गर्दै कृषको जीवनस्तर उकास्नमा ठूलो सहयोग पु¥याएकोप्रति संस्थाका शेयर सदस्य, बचतकर्ता तथा कृषि पेशामा लागेकाहरुले खुशी व्यक्त गरेका थिए । 

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved