माओवादीका प्राडा शर्मा एमाले प्रवेश

  • पुस २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । विराटनगका पुराना वामवुद्धिजीवी प्राध्यापक डाक्टर मेदिनीप्रसाद शर्मा नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ । शनिबार विराटनगरमा जारी नेकपा (एमाले) को पाचौँ बैठकबाट शर्मा एमाले प्रवेश गरेका हुन ।

विराटनगरस्थित पोष्टग्राजुयट क्याम्पसका प्राध्यापक डाक्टर शर्मा इतिहास र साहित्यका अग्रज व्यक्तित्व हुनुहुन्छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार रहनुभएका वहाँले माओवादी विघटनको संघारमा रहेको जनाउँदै जनताको लोकप्रिय पार्टी एमाले प्रवेश गरेको बताउनुभयो ।

वहालाई नेकपा (एमाले) केन्द्रीय उपाध्यक्ष गुरु बराल, एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, पार्टीका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की लगायतले एमालेमा स्वागत गर्नु भएको नेकपा (एमाले) कोशी प्रदेश सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीमज्वाला राईले बताउनुभयो ।

त्यस्तै नेकपा (एमाले) कोशी प्रदेशको पाचौँ बैठकले प्रत्येक पालिकाको वडा तहसम्म पार्टी नेता कार्यकर्ता पुग्नेगरी तीन महिने जरा अभियान सञ्चालन गर्ने योजना पास गराएको प्रदेश प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए ।4e09581c-ea03-40a1-b1ab-f9d4febfc6a7

माघदेखि चैतसम्म सञ्चालन हुने अभियान परिचालन गर्नेगरी पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अभियान योजनाको प्रस्ताव गर्नु भएको र संगठनात्मक कामको प्रस्ताव पार्टी कोशी सचिव राजकुमार भण्डारीले प्रस्तुत गरिएको प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भीमज्वाला राईले बताउनुभयो ।

राइका अनुसार आइतबार अभियानको अवधारणा र परिभाषित कामका बारेमा विराटनगरमै अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको र उक्त अभिमुखिकरणमा प्रदेशमा रहेका केन्द्रीय नेताहरु, प्रदेश कमिटीका सम्पूर्ण, जिल्ला कमिटीका पदाधिकारीहरु र जनसंगठनका केन्द्रीय पदाधिकारीहरु सहभागी हुने राईले जानकारी गराउनुभयो

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved