वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले भौतिक संरचन निर्माण कार्य गर्दै आएका डकर्मीहरुलाई सिप अभिवृद्बि तालिम ( मेसन) प्रदान गरेको छ ।
निर्माण काय गर्दै आएका डकर्मीहरुलाई सहभागी गराएर गुणस्तरिय , दिघो संरचना , भुकम्प प्रतिरोधी संरचना निर्माणसंगै दक्ष बनाउन सिप अभिवृद्बि तालिम प्रदान गरिएको नगरपालिकाका सामाजिक विकाश शाखामा प्रमुख अरुण मेहताले जानकारी बताए ।
वराहक्षेत्र नगरपालिकाकाको कार्यालयको सहयोग तथा पिरामीड टेक्निकल इन्सिटच्युट प्रालिको प्राबिधिक सयोगमा उक्त डकर्मीहरुलाई सिप अभिवृद्बि तालिम ९ मेसन० आयोजना भएको थियो ।
५ दिनसम्म सञ्चालन भएको तालिममा २० जना डकर्मीहरु सहभागी भएका थिए ।
निर्माण कार्यमा प्रबिधिहरुको प्रयोग , नया मापण्ड , भुकम्प प्रतिरोधी संरचना निर्माणकालागि व्यवसायिक डकर्मीहरुलाई सिप अभिवृद्बि तालिमको योजना ल्याएको नगर प्रमुख रमेश कार्कीले बताए ।
५ दिनसम्म सञ्चालन भएको तालिममा सहभागी डकर्मीहरुलाई नगर प्रमुख रमेश कार्की , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , सामाजिक बिकाश शाखाका प्रमुख अरुण मेहता लगायतले प्रमाण पत्र बितरण गरेका थिए ।