औलिया बाबा साकोसको १५ औं साधारणसभा सम्पन्न,

  • पुस २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  वराहक्षेत्र नगरपालिकाको प्रतिष्ठीत सहकारी संस्था मध्यको एक वडा नं २ चतरा वरयरवमा रहेको औलिया बाबा वचत तथा ऋण सहकारी संस्थाले १५ औं बार्षिक साधारण सभा आयोजना गरेको छ ।

२०६६ सालमा स्थापना भएको सहकारीले शनिबार शेयर सदस्य ,बचतकर्ता, सरोकारवालाहरुको उपस्थितिमा १५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा संस्थाका अध्यक्ष रमेश कुमार बिष्टले सहकारीको बार्षिक प्रगति विबरण र भाबि योजना प्रस्तुत गरेका थिए । भन्ने लेखा समिति संयोजक शान्तिराम खतिवडाले सुझाब सहितको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

चालु आर्थिक वर्षमा ४ करोड ५९ लाख २८ हजार ८ सय रुपैयाँ ८ पैसा निक्षेप सङ्कलन गरेको संस्थाका अध्यक्ष रमेश कुमार बिष्टले सहकारीको बार्षिक प्रगति विबरण प्रस्तुत गर्दै जानकारी दिए ।

सहकारीले आर्थिक बर्ष ०८०/८१ मा ४ करोड ५९ लाख २८ हजार ७ सय रुपैयाँ बचत सङ्कलन गरेको छ भने ४ करोड ४९ लाख १२ हजार ९ सय २२ रुपैयाँ ७८ पैसा बचत फिर्ता गरेको जानकारी दिए ।

सहकारी संस्थाको १५औं वार्षिक साधारण सभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष रमेशकुमार विष्टले संस्थाको सेयर पुँजी ७५ लाख ५३ हजार ७ सय रुपैयाँँ रहेको जानकारी दिए ।

सभामा अध्यक्ष विष्टले भावी योजना प्रस्तुत गर्दै समयअनुसार सहकारी शिक्षा, परिवर्तित ऐन नियमबारे सदस्यलाई जानकारी गराउने, उद्घोषणर वादविवाद प्रतियोगिता, स्वास्थ्य शिविरलगायतका सामाजिक कार्य गर्ने उल्लेख गरे ।

सभाले अध्यक्ष रमेशकुमार विष्टले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र लेखा समिति संयोजक शान्तिराम खतिवडाले प्रस्तुत गरेको आन्तरिक लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ ।

लेखा समिति संयोजक खतिवडाले आव २०८०/८१ कुल कारोबार ३ करोड ८ लाख २४ हजार १ सय ४४ रुपैयाँ ७३ पैसा रहेको उल्लेख गरे ।

सहकारीले आवको अन्त्यसम्ममा कुल ३५ लाख ८९ हजार ५ सय ५९ रुपैयाँ ५८ पैसा रहेको हिसाब प्रस्तुत गरे ।

शनिबार चतरा वयरबन स्थित संस्थाको कार्यालय परिसरमा

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले साधारण सभाको औपचारिक उद्घाटन गरेका थिए ।

सहकारीले प्लस टू को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क हासिल गरेका सेयर सदस्यका छोरी एलिसा बस्नेतलाई नगद ५ हजारले पुरस्कृत गरिएको थियो ।

असल कारोबार गर्ने महिलातर्फ संगिता राई र पुरुषतर्फ भक्त बहादुर बिश्कर्मालाई सम्मान गरिएको छ । त्यस्तै जेष्ठ नागरिक असल बचत कर्ता पुरुणतर्फ बलबहादुर श्रेत्री र महिलातर्फ अमृत कुमारी राईलाई सम्मान गरिएको थियो ।

सभामा उपस्थितलाई उपाध्यक्ष दिपेशजंग बस्नेत ९सोमराज० ले स्वागत गरेका थिए भने कार्यक्रमको सन्चालन सचिव कृष्णप्रसाद कट्टेलले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीको सहकारीले शेयर सदस्यलाइ उद्यमी बनाउनु पर्ने बताए । सहकारीहरु मिलेर उत्पादन मुलक काम गर्नु पर्नेमा नगर प्रमुख कार्कीको जोड रहेको थियो।

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved