प्रेस सेन्टर सुनसरीको अध्यक्षमा तीर्थ कार्की

  • पुस २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  प्रेस सेन्टर सुनसरीको पाचौ अधिवेशनले तिर्थ कार्कीको अध्यक्षतामा सर्वसम्मत जिल्ल समन्वय कमिटी चयन गरेको छ ।

शुक्रवार धरानमा भएको अधिवेशनले कार्कीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षद्धयमा लक्ष्मी दंगाल,दिलबहादुर राई निर्वाचित वनेकाछन् ।

त्यसैगरी समितिको सचिवमा विनोद विश्वकर्मा र सहसचिवद्धयमा रस्मी प्रधान र सुवास खत्री रहेकाछन् भने कोषाध्यक्षमा गणेश तिम्सिना निर्वाचित भएकाछन् 

समितिको सदस्यहरुमा अनिश वस्नेत र सुमित थापा निर्वाैचित भएकाछन् ।

११ सदस्यीय समितिमा निर्वाचित समितिको पहिलो वैठकले २ जना मनोनित गर्ने नव निर्वाचित अध्यक्ष तिर्थ कार्कीले जानकारी दिएकाछन् ।

कार्यक्रममा सेन्टरका केन्द्रीय उपाध्यक्ष प्रमुख अतिथि विवेक गौतम,केन्द्रीय सदस्य श्रीशिशा राई, काेशी प्रदेश उपाध्यक्ष राजन समिप, धरान नगरपालिकाका उपमेयर 

अइन्द्र विक्रम वेघा, नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर कमिटीका अध्यक्ष उद्धव लिम्वु, प्रेस चौतारी सुनसरीकी अध्यक्ष शुभद्रा प्याकुरेल, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकाल,नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

त्यसैगरी निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक विदुर महत, प्रेस सेन्टरका केन्द्रीय सदस्य जनकऋषि राई लगायतका कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

सोही अवसरमा नेपाल पत्रकार महासंघको निर्वाचनमा सेन्टरबाट जिल्ला कार्यसमितिमा निर्वाचित विनोद वि.क. र प्रदेश परिसर सदस्यमा निर्वाचित धनकुमार राई (मिलन)लाई सम्मान गरीएको थियो ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved