ठगी धन्दा मौलाउँदै: सिआइवीद्वारा सचेत रहन आग्रह

  • पुस २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ केही समय अगाडिदेखि सामाजिक सञ्जाल लगायतका सोसियल प्लेटफर्म तथा इ–सेवा, खल्ती जस्ता वालेट तथा बैंक, बित्तीय संस्थाबाट बोलेको भन्दै अपरिचित नम्बरहरुबाट फोन वा म्यासेज गरी नेपाल सरकारका कर्मचारी तथा आम सर्वसाधारणहरुलाई धोकापूर्ण तरिकाले प्रलोभनमा पारी हुने गरेका ठगी घट्नाप्रति आम सर्वसाधारणलाई सचेत रहन केन्द्रीय अनुसन्धान व्युरो (सिआइवी) ले सबैमा अपिल गरेको छ

सिआइवीले शुक्रबार एक विज्ञप्ती प्रकाशित गरी ठगीहरुबाट बच्न इ–सेवा, खल्तीजस्ता वालेट, बैंक तथा वित्तीय संस्थाहरुको लोगो समेत प्रयोग गरी धोकापूर्ण तरिकाले सम्बन्धित संस्थाको आधिकारिक व्यक्ति हुँ भनी कल गर्ने, डिजिटल वालेटमा पटक पटक गलत पासवर्ड राखेर वालेट टेम्पोरेरी क्लोज गर्ने र त्यही समय वालेट प्रयोगकर्ताहरुलाई कल गरी तपाईको वालेटमा समस्या आएको छ ?

म सेवा प्रदायक कम्पनीबाट बोलेको भनी ओपिडी माग गर्ने र क्षणभरमै उक्त वालेटमा भएको पैसा अन्य व्यक्तिको वालेट वा बैंक खातामा ट्रान्सफर गर्ने गरेको पाइएकोले यसमा सर्वसाधारण सचेत रहन आग्रह गरिएको छ ।

सिआइवीका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक होविन्द्र वोगटीद्वारा जारी विज्ञप्तीमा भनिएको छ सामाजिक सञ्जालमा विभिन्न प्रलोभनमा पार्ने म्यासेजहरु पठाउने र विभिन्न किसिमका आर्टिफिसियल इन्टेलिजेन्सले क्रिएट गरेको आवाजबाट कल गरी तपाइको सामान आएको छ,

तपाइलाई फाइदा हुने खालको व्यापार छ भन्ने जस्ता लिंक पठाई खोल्न लगाउने र खोल्ने वित्तिकै युजर नेम र पासवर्डमा पहुँच पु¥याई पैसा ट्रान्सफर गर्ने, अनलाइन व्यापारको नाममा सामाजिक सञ्जालमा विभिन्न साइटहरु खोली सामानको आकर्षक फोटो भिडियो अपलोड गर्ने र कुनै ग्राहकले सामान अर्डर गर्दा विभिन्न क्युआर र बैंक खातामा रकम माग गर्ने र रकम प्राप्त गरिसकेपछि सामान डेलिभरी नगरी सम्पर्क विहीन हुने गरेको विज्ञप्तीमा जनाइएको छ ।

विज्ञप्तीमा भनिएको छ हालैमात्र पोखरामा ५७ लाख, चितवनमा १६ लाख, नेपाल सरकारका कर्मचारीहरुको ५ लाख ५० हजार, विभिन्न कम्पनी तथा सर्वसाधारहरुको करोडौ रकम ठगी गरिरहेको सम्बन्धमा सिआइबीले अनुसन्धान गरिरहेको छ । यस्तो कार्यमा हालसम्म ५ सय भन्दा बढी

संदिग्न फोन नम्बरहरु सक्रिय भएको हुँदा यस्ता अपरिचित

नम्बरहरुबाट आएका फोन तथा म्यासेज नउठाउन तथा रिप्लाई नगर्न हुन विज्ञप्तीमार्फत अनुरोध समेत गरिएको छ ।

साथै यस्ता ठगीमा संलग्न संदिग्न व्यक्तिहरुका सम्बन्धमा जानकारी भएमा व्युरो तथा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत आग्रह गरिएको छ ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved