इटहरीमा चार सय बढी कर्मचारी रिक्त,सेवाग्राहीलाई सास्ती

  • पुस २४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिकामा कर्मचारी पद रिक्त भई दैनिक कामकाजमा समस्या हुदै आएको छ ।
प्रशासनका अनुसार कर्मचारी अभावले कार्यसम्पादनमा नै समस्या उत्पन्न भएको छ ।

सेवाग्राहीले सास्ती भोग्नुपरेको प्रशासनले जनाएको छ ।उपमहानगरले जनाए अनुसार त्यहाँ ४ सय भन्दा बढी कर्मचारीको पद रिक्त रहेको छ । उपमहानगरको रातो किताबमा नै उक्त विषय समेटिएको छ ।

रातो किताबमा उल्लेख भए अनुसार प्रशासनका अधिकृत नवौँ÷दशौँ तीन जना अभाव देखिएको छ । सिभिल इन्जिनियर सात जना र वातावरण इन्जिनियर एक जना अपुग छन् ।

स्ट्रक्चरल इन्जिनियर पनि ५ जनाको दरबन्दी खाली छ । भारी सवारी चालक मात्र १७ जना खाली छन् । विविधका सहायक कम्प्युटर अपरेटर मात्र ४७ जना भर्ना गर्नुपर्ने देखिन्छ ।

श्रेणी विहीन प्लम्बर १०, हलुका सवारी चालक ११ र नगर प्रहरी हवलदार आठ जना, अग्नि नियन्त्रक हवलदार ६, प्रहरी जवान २४, अग्नि नियन्त्रक सिपाही २०, कार्यालय सहयोगी १२, सफाइ कर्मी १३ र फूल माली १७ जना आवश्यक छन् ।

वरिष्ठ पशु विकाश अधिकृत देखि पशु सेवा प्राविधिक सम्मका कोटा खाली छन् । वडाका पशु सेवा प्राविधिकको पद समेत रिक्त रहेको छ । वरिष्ठ कृषि विकास अधिकृत र वरिष्ठ जनस्वास्थ्य प्रशासन लगायत पद रिक्त छन् ।

जनरल फिजीसियन एक जना र मेडिकल अफिसर ४ जनाको पद रिक्त छ । उपमहानगरको कर्मचारी सङ्गठन संरचनामा ११ सय कर्मचारी आवश्यक ठह¥याइएको छ । इटहरी उपमहानगरपालिकामा हाल २३५ स्थायी, ५ अस्थायी, १९९ करार, १३० मासिक ज्यालादारी, ४२ दैनिक ज्यालादारी गरी ६११ कर्मचारी कार्यरत छन् ।

त्यस बाहेक इटहरी अस्पतालमा पनि सयको हाराहारीमा स्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीहरू छन् । चालु आर्थिक वर्ष भित्रमा १८ जना विद्यालय र २० जना सामुदायिक गरी ३८ नर्स भर्ना भएका छन् । सहचालक ५ जना, विद्युतीय बस चालक चार जना, अग्नि नियन्त्रक चार जना पनि भर्ती भएका छन् ।

सामुदायिक स्वास्थ्य अधिकृत, भारी सवारी चालक, मिनी ट्रिपर चालक, मोटर ग्रेड अपरेटर एक÷एक जना गरी ५ जनालाई उपमहानगरपालिकाले नियुक्ति दिइसकेको छ । इटहरी अस्पतालको लागि जनस्वास्थ्य निरीक्षकको ५ जना पनि रिक्त छन् ।

अस्पतालमै कार्यालय सहयोगी १७ र सफाइ कर्मी १५ गरी ७४ जनाको पद खालि रहेको जनाइएको छ । स्वास्थ्य चौकी हाँसपोसा, खनार, पकली एकम्बाको लागि ११ कर्मचारी अभाव छ ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved