चतरा/ बराहक्षेत्र – २ चतरा स्थित चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २६ औं बार्षिक साधरण सभा तथा २७ औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
२०५५ सालमा स्थापना भएको सहकारीले सोमवार आफ्नो शेयर सदस्य , बचतकर्ता , सरोकारवालाहरुको उपस्थितिमा २६ औं बार्षिक साधरण सभा तथा २७ औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको हो ।
साधरण सभामा संस्थाकि अध्यक्ष सीता भण्डारी (पौडेल) ले सहकारीको बार्षिक प्रगति विबरण र भाबि योजना प्रस्तुत गरेकी थिए ।
कार्यक्रमको अवसरमा सहकारीले संस्थाका पुर्व पदाधिकारीहरु , लेखा संयोजक सहित नियमित दुग्ध उत्पादन गरि बिक्रि गन्न कृषकहरुलाई सम्मान गरेको थियो ।
त्यस्तै उत्कृष्ट निक्षेपकर्ता , कर्जालगानी कर्ता , कर्मचारी , बरिष्ट साहित्कार कवि मान ब्रजचार्य ,स्थानीय पत्रकारहरु हिमाल राईलाई सम्मान समेत गरेको थियो ।
चतरास्थित बोलबम धर्मशालामा कोशी प्रदेश सभा सदस्य ममता तामाङ्ग मगरले साधारण सभाको औपचारिक उद्घाटन गरेकि थिईन । कार्यक्रममा सभामा उपस्थितलाई कोषाध्यक्ष टेकमाया पाणडे (थापा) ले स्वागत मन्तव्य गरेका थिईन् ।
भने कार्यक्रमको सन्चालन उपध्यक्ष दिपक कार्कीले गरेका थिए ।
संस्थामा महिला ४ हजार ७ सय ५ जना र पुरुष १ हजार १ सय ६८ जना गरेर ५ हजार ९ सय ८३ जना सेयर सदस्य रहेका छन् ।