धरानमा तीन दिवसीय यःमरी उत्सव हुने

  • मंसिर २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरीको धरानमा नेवार समुदायले हरेक बर्ष मनाउने यःमरी उत्सव यो बर्ष पनि हुने भएको छ ।

सांस्कृतिक परिकारको पर्व योमरी पुन्ही ३ दिन सांस्कृतिक प्रदर्शन सहित मनाइने भएको उत्सव नेवाः पासा खलको धरान उपमहानगर समितिले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । मङ्सिर २९ देखि पुस १ गते सम्म ३ दिन धरान–३ स्थित गल्ली टोलमा मनाइने बुधवार पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

उत्सवमा २ सय जना सांस्कृतिक कलाकारहरूले धिमे नृत्य प्रदर्शन गर्नेछन् ।

आयोजक समितिका संयोजक अमृत श्रेष्ठ अचार्जुले भने “यःमरी खानाको परिकार मात्र नभएर नेवार जातिको महत्त्वपूर्ण सांस्कृतिक चाड पनि भएकोले यसको संरक्षण तथा प्रवर्द्धनको लागि उत्सव आयोजना गरिएको हो ।“उनका अनुसार धरान ३ स्थित गल्ली टोलको प्रत्येक घर घरमा यमरी पकाएर यमरी उत्सव मनाइने छ ।

धरानमा संस्कृति संरक्षण तथा प्रवर्द्धन गर्दै नेवार जातिले विगत ३ वर्ष देखी गल्ली टोलमा यःमरी उत्सव मनाउँदै आइरहेका छ। यसपालि उत्सव २ सय जना सांस्कृतिक कलाकारहरूले बाँसुरी ,धिमे, मादल खिं, नत्यखी धा बाजाहरूको संयुक्त प्रस्तुति हुनेछन् ।

योमरी पुन्ही उपत्यकामा भव्यरुपमा मनाइने गरिन्छ । नेपाल भाषामा यः भनेको मनपर्ने र मरी भनेको रोटी वा मिठाई भन्ने अर्थ लाग्छ ।

योमरीलाई पञ्चतत्वकोरुपमा पनि स्वीकार गर्छन् । उत्सवमा २५ देखि ३० वटा स्टल रहने संयोजक आर्चाजुले बताए । उनका अनुसार उत्सवमा योमरीसहित परम्परागत नेवारी परीकारहरू मुख्य आकर्षण हुनेछ भने बहुजातिय खानाको परिकारहरूको पनि स्टल राखिनेछ ।

उत्सवमा नेवारी सांस्कृतिक कार्यक्रम, लिच्छविकालीन चर्या नृत्यहरूको साथै स्थानीय र राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति हुनेछ । उनले भने ‘‘उत्सव स्थलमा गत वर्ष ५ फिटको यःमरी राखेका थियौँ, यसपालि पनि ५ फिटको यःमरी राख्ने तयारी छौँ ।

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved