गायक नन्दु र गायिका शिलाले ढोल झ्याम्टा बजाएपछि(भिडियोमा हेर्नुहास ) . साकेला उधौली यो वर्ष मंशीर ३० गते परेको छ

  • मंसिर २७, २०८१
  • कोशीपत्र/संवाददाता
alt - रनध्वज लाेहार

धरान/किराँत समुदायको मंसीरे साकेला उधौली  आउँदैछ । बैशाखे पुर्णिमादेखि साकेल उभौली सुरु हुने गर्दछ भने मंसीरे पुर्णिमादेखि साकेला उधौली सुरु हुने गर्दछ । यो किराँतहरुको महान चाड नै हो ।

किराँतीहरुले यो चाडलाई सामुहिक रुपमा देश विदेशमा धुमधाँमसँग मनाउने गर्दछन् । किरातहरुको सँस्कार,सँस्कृतिसँगै पहिचानसँग पनि सोकला उभौली र उधौली जोडिएको छ ।हरेक वर्षको मसिंर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार मसिंर पूर्णिमादिन देखि हिउँद सुरु भयो, हिउँदको सुरु भए लगत्तै लेक वाट बस्तुभाउ अनि चराचुरुङ्गी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको सङ्केतका रूपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुसीयालीमा यो पर्व मनाइन्छ ।

पर्वत शृङ्खलाहरूको लेकतिर बसोबास गर्ने किराँतहरू जाडोको याममा बेसी अथवा तलतिर झर्ने र क्रमशः न्यानो बढेसँगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो । परम्परागत भेसभुसा लगाएर आज किराँत दाजुभाइ तथा दिति-बहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परिक 'साकेला' नृत्य प्रस्तुत गर्ने चलन छ ।

साकेला उधौली यो वर्ष मंशीर ३० गते परेको छ ।  यो पर्वलाई लक्षित गरेर धनकुटा जन्म भई हाल काठमाण्डौमा कर्मक्षेत्र बनाएर राष्ट्रिय स्तरमा ख्याती कमाएका दाजु बहिनी गायक तथा संगीतकार र गायिका शिला राईले ढोल झ्याम्टा बज्यो(साकेला) बोलको गीत सार्वजनिक गरेका छन् ।

 

गायक तथा संगीतकार नन्दु राईको नन्दु अफिसियल युट्यूब च्यालन मार्फत वुधबार सार्वजनिक गरेका हुन् । उक्त गीत किरात समुदायको राई जातीहरुको भाषा,परम्परा,पितृपुजाको लागि उत्थान र संरक्षणमा आधारित रहेको गायक तथा संगीतकार नन्दु राईले बताए ।

लिप्सिङ   भिडियो सहितको गीतको रचना पनि नन्दुले नै गरेका हुन भने म्युजिक एरेन्ज राजु कार्कीले गरेका छन् । किङ ¨ रेकर्डिङ  ¨ स्टुडियो काठमाण्डौमा सुरेश राईले रेकर्डिङ   गरेका हुन् ।

गायक तथा संगीतकार नन्दु र गायिका शीला राई नेपाली गीत संगीतको दुनियाँमा स्थापित गायक गायिका हुन् । उनीहरु दुबै जनाको गीतहरु श्रोता र दर्शकहरुले औधी मन पराएका छन् ।

पुर्वकै पर्यटकीय स्थलको प्रचार र प्रवद्र्धनको लागि पहिलो पटक भेडेटारको डाँडै डाँडा बोलको गीत सफलता पाएपछि दर्शक र श्रोतको मन जितेका गायक राईको डेढ सय भन्दा गीतहरु नेपाली संगीतको दुनियामा थपिएको छ ।

गायिका शिला राईसँग गाएको आइ लब यू बोलको गीत निकै चर्चा र मन मस्तिष्कमा भिजेको गीत हो भने अन्य गीत पनि उक्तिकै लोकप्रिय र कर्ण प्रिय रहेका छन् ।

भिडियो :

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved