पहिचानको आन्दोलन नक्कली होः खम्बुवान नेता आरके खम्बु धरानमा खम्बुवान विद्यार्थी मोर्चाको विद्यार्थी इकाई समिती पुर्नगठन

  • मंसिर १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानमा खम्बुवान विद्यार्थी मोर्चाको विद्यार्थी इकाई समिती पुर्नगठन भएको छ ।

क्याम्पसमा शुक्रबार भएको बृहत भेलाद्धारा उक्त समिती गठन भएको हो । पुर्नगठन गरिएको समितीको अध्यक्ष निरज राई,उपाध्यक्षहरु क्रमसः रुपनन्द राई , विनिता थापा मगर,आकृति लिम्वु,क्षितिज राई,तृष्ण राई,रुसिका राई,अप्सरा लिम्वू र निवा विश्वकर्मा रहेको छन् ।

IMG-20241130-WA0001

भेलाले सचिव मोविका लिम्वु,सह सचिवहरु अनमोल गिरी ,रेगल लिम्बु,प्रविसा वस्नेत,सुमित्रा लिम्वूलाई चयन गरिएको छ ।
त्यसै गरि कोषाध्यक्ष निशान राई छन भने सह कोषाध्क्ष क्रमसः सृजना श्रेष्ठ, सोनिमा लिम्वु रहेका छन भने प्रवक्ताहरु

नवराजसुनुवार र सह प्रवक्त वुङवा राई चयन भएका छन् । कार्यक्रममा प्रमुख अतिथी खम्बुवान राष्ट्रिय मोर्चा नेपालका महासचिव रणेन्द्र थिम्राहाङ रहेका थिए भने अतिथीहरु केन्द्रिय प्रवक्रा विप्ल खम्बु,पुर्व विद्यार्थी केन्द्रि अध्यक्ष तथा विदेश विभाग प्रमुख मित्र चाम्लिङ खम्बु रहेका थिए ।

IMG-20241130-WA0000
पहिचानको आन्दोलन नक्कली हो

खम्बुवान राष्ट्रिय मोर्चा नेपाल पार्टी आरके खम्बुले नेतृत्व गरेको पार्टी हो । खम्बुवान पार्टीले पहिचान सहितको आन्दोलनको नेतृत्व गर्दै आएको छ भने अहिले भईरहेको पहिचान सहितको आन्दोलनलाई अध्यक्ष े खम्बुले नक्कली आन्दोलन संज्ञा दिएका छन् ।

उनले भने, “एमाले, काँग्रेस,जसपा लगायतले गरेको पहिचानको आन्दोलन नक्कली यस्तो आन्दोलनले अधिकार सहितको स्वायत्ता प्राप्त हुँदैन,यो पहिचानको आन्दोलन भनेको एमाले,काँग्रेस, माओबादी ,जसपा लगायतका क्रियासील सदस्यको नौटंकी मात्र हो ।”

अध्यक्ष खम्बुले अबको आन्दोलन पहिचानबादी नयाँ ढंगले अघि बढ्ने बताएका छन् । उनका अनुसार पहिचानवादीसँग गठवन्धन भईसकेको र चाँडै खम्बुवान,लिम्बुवान,तामसालिङ,नेवा,मगरात,तमुवान,थरुहट,खसानको समेत गठवन्धन भएर पहिचानको आन्दोलन अघि बढ्ने बताइएको छ ।

पार्टी कमाण्डर उत्सव खम्बले पार्टीको जन बर्गीय संगठन आगामी दिन पहिचान सहितको संघीयताको लागि थप नयाँ ढंगबाट शसक्त हुने बताएका छन् ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved