धरहरा पुर्णरुपमा सन्चालन,आजदेखि शुल्क(कति शुल्क,हेर्नुहोस् ) विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गतालाई ५० प्रतिशत छुट

  • मंसिर ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं । े धरहरा पुर्ण रुपमा सन्चालनमा आएसँगै अब धरहरा चढ्दा आज (आइतबार) देखि शुल्क तिर्नुपर्ने भएको छ ।

परिक्षणको लागि निशुल्क गरिएको धरहरामा स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ भने , सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति ५०० रुपैयाँ र सार्क बाहेक राष्ट्रका पर्यटकलाई एक हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति ९गठन० आदेश, २०८१ अनुसार, यो शुल्क संरचनामा परिवर्तन भएको हो । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले धरहरा चढ्न शुल्कमा ५० प्रतिशत छुट पाउने छन् ।

यसका अतिरिक्त, धरहरा परिसरमा पार्किङ शुल्क पनि तोकिएको छ । चार पाङ्ग्रेलाई प्रति घण्टा २० रुपैयाँ र दुई पाङ्ग्रेलाई १० रुपैयाँ शुल्क तोकिएको छ ।

धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन ९व्यावसायिक बाहेक० गर्न र व्यावसायिक भिडियो छायाङ्कनका लागि प्रतिघण्टा पाँच हजार रुपैयाँ शुल्क लाग्नेछ । त्यस्तै सामान्य फोटोग्राफीका लागि प्रति घण्टा एक हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

सरकारले संविधान दिवसका अवसरमा गत ३ असोजदेखि परीक्षणका रूपमा धरहरालाई निःशुल्क गरेको थियो ।

१० औें बास्केटवल ट्य ...

धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटव ...

नेपालमा १० महिनामा स ...

काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपा ...

एक वर्षपछि नेतृत्व प ...

बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार ...

यात्रुवाहक गाडीमा गा ...

धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved