धराने चन्द्र घिमिरे बेलायतको राजदुत भएपछि काठमाण्डौमा भव्य सम्मान कालापानीको विवाद सहजीकरण सुझाबः पूर्व राजदुत

  • मंसिर २, २०८१
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौ/ संयुक्त अधिराज्य बेलायतका लागि नियुक्त राजदुत चन्द्र घिमिरेलाई  काठमाण्डौमा रहेका धरानेहरुको संस्था धरान सरोकार समाजले बधाई तथा शुभकामना कार्यक्रम राखेर सम्मान गरेको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा स्थापित धरानेहरुले विषयगत सुझावहरु पनि दिएका छन् ।पूर्व राजदुत राजेश्वर आचार्यले आफ्नो अनुभवका साथै गर्नु पर्ने कामको बारेमा सल्लाह दिए । उनले चीनमा आफु राजदुत भएर काम गर्दा दुई देशका सम्बन्धलाई प्रगाढ बनाउँदै राष्ट्रको हितका लागि गरेका कामहरुको बारेमा चर्चा गर्नु गरेका थिए ।

उहाँले अब काम गर्दा राजदुत नभई राष्ट्रदुत भएर काम गर्न सुझाव दिए ।

त्यस्तै आफुले कालापानीको विवादको बेलामा सहजीकरण गरेको स्मरण गर्दै बेलायतमा त्यो बेलाको कागजात वा नक्साको लागि प्रयास गर्न पनि सुझाउनु भएको थियो ।

कार्यक्रममा च्याम्बर अफ कमर्शका पूर्व अध्यक्ष महेश कुमार अग्रवालले बेलायतले हाम्रो छिमेकी भारतमा राज गरेको विगत छ, जसको हामीसँग पुरानो सम्बन्ध रहेको पनि छ, त्यस्तो देशमा जान लाग्नु भएकोमा शुभकामना दिए ।

पूर्व मन्त्री कृष्णकुमार राईले घिमिरेलाई आफुलाई सिफारिस गर्ने दल, समुह, समुदाय आदिका लागि मात्र नभई सम्पूर्ण नेपालको प्रतिनिधित्व गरी काम गर्नै शुभकामना दिनु भयो । उहाँले त्यसो गर्न सके हामी अझ बढी गौरवान्वित हुने बताए ।

कार्यक्रममा क्याप्टेन नारायण राई, नेपाल बाल संगठनकी अध्यक्ष विद्या न्यौपाने, वरिष्ठ अधिवक्ता हरिहर दाहाल, भुपेन्द्र कार्की, नारायण श्रेष्ठ आदिले बधाई र शुभकामना दिएका थिए ।

सरोकार समाजका सदस्य एवम् पूर्व एआईजी सन्दीप भण्डारीले स्वागत मन्तव्य राखे भने नवनियुक्त राजदुत चन्द्र घिमिरेले आएका सुझावहरुलाई आफुले मनन गर्ने बताउँदै राष्ट्रको अधिकतम हितका लागि काम गर्ने बताएका छन्।

यसअघि मन्त्रालयमा हुँदा वा महावाणिज्य दुतका रुपमा काम गर्दाका अनुभवहरुलाई राजदुतका रुपमा उपयोग गर्ने बताए ।कार्यक्रममा भावुक हुँदै काठमाण्डौमा रहेका धरानेहरु विभाजित भएकोमा चिन्ता व्यक्त गर्दै एकीकृत हुन अनुरोध गरेका छन् ।

बोल्ने सबैले काठमाण्डौका सबै धरानेहरु धरान सरोकार समाजकै छातामुनि एकताबद्ध हुन सुझाव दिए ।

धरान सरोकार समाजका कार्यवाहक अध्यक्ष डा. महेन्द्र सुब्बाले आफ्नो संस्थाको अध्यक्ष राजदुतका रुपमा नियुक्त हुनुले आफ्नो संस्था मात्र नभई सम्पूर्ण धरानेहरु नै गौरवान्वित भएको बताए ।उनी धरानका वासिन्दा हुन । पव्लिक हाई स्कुल धरानबाट शिक्षा प्राप्त गरेका थिए । 

 तस्बिरहरु:

chandra dharan-k dharab saro

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved