गायिका शिलाको ‘ तिम्ले भुलेउ त के भो र’(भिडियो सहित) "टिक टकमा लाखौको मन जित्दै गायिका शिला"

  • कार्तिक २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt - रणध्वज लोहार

ओझपुर्ण शव्द अनि संगीत र सुमधुर आवाज पनि उस्तै । शव्द,संगीत र स्वरको फ्युजनको गीत गायिका शिला राईको एक महिना पछि फेरी ‘तिम्ले भुलेउ त के भो र’बोलको गीत सार्वजनिक भएको छ ।
शिला राईको अफिसियल युट्यूब च्यालन मार्फत तीन दिन अघि मात्रै सार्वजनिक गरिएको हो । नेपाली सांगतिक आकासमा फरक स्वरको क्षमता राख्ने राईको एक महिना अघि मात्रै नेपालकै चर्चित वरिष्ठ गायक उदय सोताङसँग ‘अलि अलि ’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको थियो । यति चाँडै एक महिना पछि नै फेरी अर्को गीत श्रोता र दर्शकको निम्ति ल्याएर सांगितिक दुनियाँमा थप इट्टा थपेर नयाँ स्वाद दिएकी छिन् ।

प्रायःजसो लोकभाकाको त्यो पनि ठेट नेपाली भाषाका गीत गाउने राईले पछिल्लो समय भने फरक संगीतमा आवाजहरु दिन थालेकी छिन् ।

गायिका राईकै शव्दमा भन्ने हो भने,‘लोकभाका भन्दा अलिक फरक आधुनिक त्यसभित्र पनि गजल भावको गीतहरु दर्शक र श्रोताको निम्ति पस्कँदैंछु,लोक भाका भन्दा यस्ता गीतको संगीतमा टाईमिङ र ताल पनि फरक निकै कठिन हुने रहेछ ।’

गजल भाबको नयाँ गीतको रचनाकार भने खुसेनीछो चाम्लिङ खोटाङेको रहेको छ भने बरिष्ठ संगीतकार प्राज्ञ डक्टर किराँतले भरेका छन् ।

गायिका राई भन्छिन,‘शव्द र संगीतले नै दर्शक र श्रोताको मन जित्छ,यस्ता गीतहरुले सबैको जीवनमा मेल खान्छ,जो कोहीको जीवन सोँचे जस्तो भने जस्तो त हुन्न नी,जे लेखेको छ ,त्यही मात्रै हुने हो र भोग्दै जाने हो ।’

तपाईकै आफ्नै जीवनको भोगाई त होइन भन्ने सन्चारकर्मीको जिज्ञासामा सवैको जीवन एउटा अन्दाज मात्रै त रहेछ ,सगैं मर्ने सँगै जीउने सत प्रतिशत कहाँ हुन्छ र ? त्यसैले सबैको जीवनमा कहीँ कतै यस्तो हुन सक्छ ।

तीन दिनको अवधीमा उक्त गीतलाई युट्युबमा २४ हजार भन्दा बढीले हेरिसकेका छन भने धरै कमेन्ट लाइकहरु प्नि उत्तिकै छन् ।

दर्शक र श्रोताको मन जितेर नै मन मुटुमा रहेर नेपाली गीत संगीतमा नयाँ आयाज थप्दैंछिन् । नयाँ गीतमा आएका प्रतिक्रियालाई जस्ताको तस्तै कही यस्तो छः
@birrai6275 ,‘वाउ ।

गज्जब लाग्यो । खुशे बैनिले कस्को जिवनी पढ्नु भो कुन्नी गहिराइ मै डुबाइ छाडेउ है ।’

तिमीले भुल्योउ त के भो र .....
एक मार्मिक खुसेको लय शिलाको आवाज डाक्टर किरातको संगीत तन मन छुने हार्दिक धन्यवाद सबै टिमलाई 
@kaushalkirawa8841,“जुन घाम साची राखेर
शिरैमा फेटा बाधेर
चारै दिशा चार धाम घेरेर
लाउ माया यहि बेला
पुर्ख्यौली मुन्दुम जपेर।।“

यसरी अहिलेको प्रविधीको दुनियाँमा यसरी यति चाँडै गीतको भावार्थमाथि कमेन्ट ,लाइक गरि मन पराउनु सामान्य कुरा होइन । प्रायःजसो एकल स्वर दिएर दर्शक र श्रोताको नजरमा चर्चा कमाएकी गायिका राईको थुन्चेको भारी विसाउँदै लाखौं श्रोता र दर्शकले मन पराएका छन् ।

बरिष्ठ गायक तथा संगीतकार शम्भु राई,गीतकारहरु बेदनिधी पौडेल,ज्योती जंगली,भुपाल राई,कृष्णहरी बराल,संगीतकार भुपाल राई लगायत वरिष्ठ संगीतकर्मीहरुसँग मिलेर उनले स्वर दिएकी छिन् ।
अहिलेको युवा पुस्तामा चर्चित संगीतकार अनिल कोयु र हाँस्यकलाकार विल्सन विक्रमसँग समेत अभिनय र स्वर दिएर श्रोता र दर्शकलाई समयानुसारको संगीतको स्वाद निरन्तर पस्किरहेकी छिन् ।उनकै अफिसियल शिला राईको अफिसियल मार्फत गीतहरु भेटिन्छन् ।

पछिल्लो समय प्रबिधीको दुनियाँको टिकटकमा गीत गाएर लाखौं लाखौं दर्शक र श्रोताको मन जित्न सफल गायिका राई टिक टिक क्वीन गायिका भनेर स्थापित भएकी छिन् ।

सागर बनेउ त के भोर जंघार मैले तरकै छु
खाली छैन छाती मेरो ,तिम्रो यादले भरेकै छु
तिमीले भलेउ त के भो र ?
माया मैले गरेकै छु

-भिडियो

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved