मोरंग र सुनसरीबाट दुई दर्जन बढी जुवाडे पक्राउ को –को पक्राउ परे हुर्नुहोस्)

  • कार्तिक १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको बिराटनगर महानगरपालिका-११ स्थितमा कात्तिक १६ गते राती जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा बिराटनगर महानगरपालिका ११ का ६१ राजन कडेल, ५७ बर्षीय पशुपति भगत, ५० बर्षीय विरेन्द्र साह, बिराटनगर महानगरपालिका-१२का ४१ बर्षीय टुनटुन शर्मा, ४७ बर्षीय सुरेन्द्र ठाकुर, ५० बर्षीय बाबुराम कट्टेल, ४६ बर्षीय लिला सहनी, बिराटनगर महानगरपालिका-३ का ५५ बर्षीय ध्रुव सिग्देल र बिराटनगर महानगरपालिका-५ का ५५ बर्षीय मनिराज प्रसाईलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट नगद १० लाख ६ हजार ९ सय ९५ रुपैयाँ र ५ बुङ तास समेत बरामद गरेको छ ।

यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरी ईनरुवा नगरपालिका-६ मधेशा स्थित संचालनमा नभएको जुत्ता फ्याक्टीमा अवैध जुवातास खेलिरहेको अवस्थामा ईनरुवा नगरपालिका-६ का ६२ बर्षीय तिर्थराज अधिकारी,५८ बर्षीय झगरु चौधरी ,३१ बर्षीय ईन्देश सरदार, १९ बर्षीय गौरब कोईराला, ४३ वर्षिय बाल कृष्ण कोईराला, ५२ वर्षिय दिनेश पोखरेल, ४० वर्षिय अमित कार्की, ४२ वर्षिय सुमन बिश्वकर्मा, २८ वर्षिय जिवन तामाङ, ६२ वर्षिय गोपाल बहादुर चौहान, ४२ वर्षिय राजिव दुलाल, ५० वर्षिय श्रवण कुमार तामाङ, १८ वर्षिय युजिन कोईराला, ७९ वर्षिय उग्र नारायण चौधरी, ईटहरी उप-महानरपालिका-१३ का ३९ वर्षिय नेमलाल र ईटहरी उप-महानरपालिका-१२ का ४३ वर्षिय भरत कटवाललाई नगद २ लाख ८३ हजार ९ सय ६५ रुपैयाँ र १६ ९सोह्र० थान कौडा सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved