धरान हाईकिङको १३ सय हाईक पूरा

  • कार्तिक १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ जय धरान हाईकिङ समुहले आफ्नो १३ सय हाईक पूरा गरेको छ । गत कार्तिक १० गते शनिवार संस्थाले आफ्नो १३ सय हाईक पूरा गरेको हो।

“स्वास्थ्यको लागि नियमित दैनिक २ घन्टाको पैदलयात्रा गरौ स्वास्थ्य बनौ“ भन्ने मुल नाराका साथ धरान–१५ स्थित काठे पुलबाट धरान–४ को दानाबारी सम्म नियमित आफ्ना सदस्यहरु साथ हाईक पूरा भएको थियो।

धरानको आन्तरिक पर्यटन विकासका निम्ति सुरु गरिएको यस संस्थाले दैनिक हाईकिङ गराउदै आएको छ। हरेक दिन बेलुका ५ बजे देखि ७ बजे सम्म धरानको विभिन्न ठाउँमा पत्रयात्रा गर्दै पुगि सामाजिक संझाल मार्फत प्रचार गर्दै हालसम्म आएको छ।

हाईक कै क्रममा संस्थाका अध्यक्ष रोशन अधिकारीले हालसम्म सहयोग पुराउनु हुने व्यक्ती र उपस्थिति सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका थिए। उन संस्थाले हालसम्म निशुल्क गराउदै आएको हाईकिङलाई अझै निरन्तर लैजाने बताएका थिए।

सिमित सहभागीबाट सुरु गरिएको यस हाईकिङ संस्था अहिले आएर देशमा मात्रै नभएर विदेशसम्म चर्चा बटुल्न सफल भएको छ। सुरुमा दैनिक सहभागी ३–५ जना हुन्थे भने अहिले यो संख्या बढेर १५–२० जना पुगेको छ।

धरानमा हङकङ, युके र अन्य देशहरुबाट छुट्टिमा आएकाहरु पनि यस संस्थामा नियमित हाईकिङमा सहभागी हुने गरेका छन ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved