धरानको शनि मन्दिर आफैं संकटमा "विवाद सुल्झाउन सुनसरी प्रशासनको ध्यानकर्षण"

  • कार्तिक १२, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/विगत केही समयदेखि शनि मन्दिर व्यवस्थापन र पूजारी विश्वदेव पोख्रेल (काग बाबा) बीचको विवाद सुल्झिन नसकेको बेला सुनसरी प्रशासनले स्थानीय सरकारसँग समन्वय गरेर सुल्झाउने प्रयास गरेको छ ।

आइतबार सुनसरी जिल्ला धरान उप–महानगरपालिका बड़ा नं.–८ को सभा हलमा वडा नं ८ का वडा अध्यक्ष धन बहादुर राईको अध्यक्षता श्री माहाङ्काल शनिदेव मन्दिर संचालक समितिका अध्यक्ष राजकुमार निरौला, टिएलओ संयोजक दोर्पध्वज राई,, प्रमुख राजनैतिक दल, सम्बन्धित मन्दिर व्यवस्थापन समितिका सदस्य तथा सम्बन्धित सरोकारवालाहरुको काग बाबाको अनसन तोड्ने् विषयमा छलफल भएको थियो । छलफलमा सुनसरीका प्रजिअ रामचन्द्र तिवारीलाई समेत आमन्त्रण गरिए पनि उनी आउन सकेनन् ।

उनले टेलिफोन मार्फत नै छलफलमा सहभागीहरुलाई सुझाव दिएको छलफलमा सहभागीहरुले बताएका छन् ।

पूजारी कागबाबाले अहिलको व्यवस्थापन समितिलाई हटाउनुपर्ने माग राखी कार्तिक १ गतेबाट अनसन बसेका छन् । उनको मागमा स्थानीय सरकारले समेत पूरा गर्न नसकिने बताइरहेको बेला प्रजिअ तिवारीले दिएको सुझाव अनुसार निर्णय गरिएको धरान ८ का वडाध्यक्ष धनबहादुर राईले बताए ।

उनका अनुसार प्रजिअ तिवारीले बैठकमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्र.जि.अ.अनुपस्थित रहेपनी टेलीफोन मार्फत शनिमन्दिरको समस्या समाधानका लागि मन्दिरको व्यवस्थापन समितिले आगामी तीन महिना सम्म यही व्यवस्थापन समितिले बार्षिक साधरण सभाको आयोजना गरि आर्थिक प्रतिबेदन पेश गरेपछि नया कार्यसमिति चयन गर्ने र सोही समय अवधिमा ब्यवस्थापन समिती र कागबाबा बीचको विवाद सुल्झाउने सुझाव दिएक थिए ।

सोही प्रस्तावका विषयमा अनसनमा रहेका कागबाबालाई जानकारी गराउँदा समेत निर्णयप्रति असहमति जनाउदै आफ्नो माग पूरा नहुन्जेल अनसन तोड्ने अडान राखेका थिए ।

पूजारी काग बाबाले भने–‘मेरो माग पूरा नहुन्जेल अनसन जारी राख्छु, अहिलेको व्यवस्थापन समिति खारेज हुनुपर्छ भन्ने मेरो माग हो ।’

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved