धरानका मेयरको समर्थक कुलदीपले प्रहरी समक्ष पत्रकार जनकऋषिसँग माफी मागेपछि छाडियो "सुम्निमा पारूहाङ साँझको आय व्यय सहित कार्यक्रमको मिति घोषणा"

  • असोज २०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईका समर्थक कुलदीप राईले पत्रकार जनकऋषि राईसग  इलाका प्रहरी कार्यालय धरानमा प्रहरी समक्ष माफि मागेका छन । 
सामाजिक सञ्जाल र सन्चारमाध्यममा आएको सुम्निमा पारुहाङ साँझ २०८१ को विषयलाई लिएर लेखिएको स्टाटसकै कारण मेयर राईका समर्थक राईले दिउँसो प्रहरी कार्यालयमा गएर माफि मागेका हुन् ।

इलाका प्रहरी प्रहरी कार्यालय धरानका डिएसपी जवेगुले पत्रकार राईलाई धाक धम्की दिएकाले प्रहरीमा बोलाएर माफि मगाइएको बताए ।उनले भने, “धाकधम्की दिने कुलदिपले आवेगमा आई आफुले गल्ती गरेको प्रहरी समक्षमा स्वीकार गर्दै आइन्दा यस्तो नगर्ने सर्तमा पत्रकार राईसँग माफि मोगपछि छाडिएको हो।”

पत्रकार राईलाई  कुलदिपले विहान ८ बजे फोन गरी गाली गलौज गर्दै धम्की दिएका थिए ।

 नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष समेत रहेका पत्रकार राईलाई अपाच्य गाली दिदैं तँ कहाँ छस्,जे पनि हुन सक्छ,किन फेसबुकमा जथाभाबी लेख्छस् भन्दै धम्की दिएका थिए ।

धरानमा हुने भनको सुम्निमा पारुहाङ साँझ २०८१ को विषयमा सामाजिक सन्जालमा स्टाटस पोष्ट गरेका थिए । उनले लेखेको पोष्ट यस्तो थियो, र, मैले भने–’त्यसो गर्नु हुँदैन ।’

सुम्निमा पारूहाङ प्रतिष्ठान नेपालका अध्यक्ष हर्कराज राईले ’सुम्निमा पारूहाङ साँझ–२०८१’ गर्ने भनेर पैसा उठाई कार्यक्रम नगरेको र हिसाब पनि सार्वजनिक नगरी विदेश भाग्न लागेको भनेर ’विदेश जानबाट रोकि कार्वाहि गरिपाउँ’भन्ने आसयको उजुरी तयारी गर्दै रहेछन् ।

कोन्त, अब के हुन्छ । । ’जीउ ज्यानको सुरक्षा सहितको माग गरेर पत्रकार सहितको टोलीले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए ।

सुम्निमा पारूहाङ साँझ–२०८१’ असोज १५ गते धरान १६ स्थित रंगशालामा लगाउने भनिएपनि उक्त साँझ गराउन आयोजकले नसकेपछि आलोचना भएको छ ।

सुम्निमा पारूहाङ साँझको आय व्यय सहित कार्यक्रमको मिति घोषणा

Paruhang

सामाजिक सन्जाल र सन्चार माध्यममा समाचार आएपछि मेयर तथा प्रतिष्ठानका अध्यक्ष समेत राईले आइतबार पत्रकार सम्मेलन गरेका छन् ।

पत्रकार राईको सामाजिक सन्जालमा आएको स्टाटसलाई कोशी पत्र अनलाइन पनि समाचार बनाएको थियो ।

आयोजक असोज १५ गते हुने भनिएको उक्त साँझ स्थगित भएको बारे जानकारी गराउँदै आयोजक टोलीले कार्यक्रमको आय व्यय सहित मिति घोषणा समेत घोषणा गरेको छ ।

कार्यक्रमको आय व्यय आउने असोज २३ गते बुधबार प्रस्तुत गर्ने पत्रकार सम्मेलनमा मेयर तथा प्रतिष्ठानका अध्यक्ष राईले बताएका छन् ।

आयोजकका मीना सिंगकले पत्रकार सम्मेलनमा स्थगित भएको सुम्निमा पारुहाङ साँझ मंसिर ०८ गते हुने बताइन् ।

स्थगित गरिएको साँझ निश्चित भएको बताइन् ।साँझ हुन नसक्नुमा प्राकृतिक विपद प्रमुख कारण रहेको र प्राविधिक समस्याले गर्दा स्थगित गर्नु परेको बताइएको छ ।

 

वराहक्षेत्रमा डेङगु ...

वराहक्षेत्र /वराहक्षेत्र नगरपालिकाले डेङ्गु सार्ने लामख ...

मलद्वारमा ब्राउन सुग ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित क्ष ...

पूर्वको मन्दिरमा दर् ...

धरान/ कोशी प्रदेशले २०८२ लाई पर्यटन बर्षको रुपमा म ...

सुनाखरी उत्कृष्ट शैक ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved