धरान/ धरानदेखि केराबारी सम्म जोड्ने सडक । जुन सडकले धरान र केराबारीका वासिन्दालाई सीधा जोडेको छ ।
उक्त सडक सञ्जाल बनाउनको लागि तत्कालिन ६ नम्बर केराबारीका वडाध्यक्ष उपेन्द्र लुंगेली मगरले निकै धेरै कष्ट र प्रयासका बावजुत पनि अन्ततः सडक सञ्जालले जोडर केराबारीबासीलाई सहजता बनाएरै छोडे ।
तत्कालिन याङशिला हालको केराबारीको कालोपानी हँुदै सडकले धरान सम्म सहज आवगमन बनाएको छ । केराबारी गाउँ पालिका आफैंमा पर्यटकीय संभावना बोकेको पालिका हो ।
जहाँ प्राकृतिक मनोरम दृष्यले जो कोहीको मनलाई लोभ्याउँछ ।
उक्त गाउपालिका अन्र्तगत नै पर्ने सतिसाले र कालोपानी ५ नम्बर वडा र ६ नम्बर वडासँगै जोडिएको छ । यी दुई वडाहरु आफैमा प्राकृतिक रुपले मनमोहक र आनन्ददायी वडा हो । तत्कालिन गाविसको नाम नै याङ्शिला नै थियो ।
तर पछि आएर गाउँपालिकामा समाहित भयो ।
याङ्शिला भन्ने वित्तिकै ढुंगा र पैसासँग जोडिएको भनाई छ । त्यहाँ ढुंगै ढुंगा थियो ।
अहिले पनि ढुंगा भेटिन्छ । घरभन्दा ठुला ठुला ढुंगा अवस्थित उक्त गाउँलाई ढुंगाको राजधानी भन्दा फरक पर्दैन थियो । त्यहाँ खेती उव्जनी गर्न कठिनाई हुने भनेर जो कोही पनि बस्न रुचाउँदैनन् थिए ।
त्यहीँ ढुंगे गाउँ अहिले मनोरम र आनन्दित ठाउँ हुँदै गएको छ ।
समयानुक्रमसँगै मानिसको बसोबास उस्तै छ । सडक,पुल पुलेसाहरुले जोडिएसँगै यी वडाहरुले काँचुली फेर्दैछन् ।
मदन भण्डारी राजमार्गले यहीँ वडा भएर जाने भएकाले अब सतिसाले र कालोपानी साँच्चै मनोरमसँगै बसोैंबसौ लाग्ने स्थान हुन पुगेको छ ।
उक्त वडामा निकै पुराना पुराना एतिहासिकतासँग जोडिएको कुराहरु पाइन्छ ।
कैयौं दिनहरु पैदल नै हिँडेर मुग्लान जानेहरुको लागि मोरंग केराबारी ६ स्थित कालोपानीमा एकसय बर्ष भन्दा पुरानो धारा र कुवा अझै पनि पाइन्छ ।
उक्त धारा र कुवा अहिले पनि झण्डै ४ सय भन्दा बढी घर परिवारको लागि दीगो खानेपानीको मुहान बनेको छ ।
भोजपुर,उदयपुर,खोटाङ,धनकुटा लगायतका मानिसहरु पैसा कमाउनको लागि मुग्लान जाने चलन भएसँगै यातायातको सुविधा नभएपछि हिँडेर मुग्लान जाने गरेको किम्बदन्ती पाइन्छ ।
नेपाल र भारतको सीमाना काँकडभिट्टाबाट कयौं दिनहरु हिँडेर त्यो बेला मुग्लान पैसा कमाउन जाने क्रममा मोरंगको केराबारी कालोपानीमा उनीहरुले नै खनी खोस्री बनाएको कुवा र धारा अहिले पनि पाइन्छ ।
त्यहीँ कुवा र धाराको पानी प्यास मेटाउने र बाटोको लागि बाकेको सातु र चामल भात पकाएर खाने गरेको पनि भनाई छ ।
कालापोनी वस्ती बसेको नै झण्डै सय बर्ष पुग्न लागि सक्यो ,हाम्रा बाबुबाजेले थाहा पाए सम्म यो कुवा र धारा यहीँ नै छ, ६ नम्बरका वडाध्यक्ष तथा स्थानीयवासी समेत रहेका उपेन्द्र लुंगेली मगरले बताए ।
कालोपानी नेपाली सेनाको सर्पदंश नजिकै उक्त एतिहासिक कुवा छ भने झण्डै एक किलोमीटर सडक दक्षिण भेगको जंगल क्षेत्रमा धारा रहेको छ ।
धारा र कुवाबाट बाह्रमास पानी आउने र कहिल्यै पनि मुहान नसक्ने वडाध्यक्ष लुंगेलीको भनाई छ ।
त्यहाँका स्थानीयवासीको लागि दीगो खानेपानीको लागि त्यहीँ कुवा र धारा रहेको छ ।
घर घरमा नै धारा भएपनि पानी धारामा नआउँदा भने त्यहीँको पानी नै खाने गरेको वडाध्यक्ष लुंगेलीले बताए ।
झण्डै चारसय घरपारिवारसँग नेपाली सेनाको व्यारेकका रहेका सेनाहरुले पनि उक्त स्थानको पानी पिउने गरेको छन् ।
जरुवा पानी भएकाले उक्त पानी नै राम्रो हुने नेपाली सेनाले वताएका छन् । जारको पानी खान छाडेर त्यहीँको पानी पिउने गरेको एक नेपाली सेनाले वताए ।
एतिहासिक धारा र कुवा संरक्षणको लागि स्थानीयवासीले पहल गरेका छन् ।
तर पनि अझै त्यस क्षेत्रको संरक्षण विकास गर्ने हो भने बढ्दो जनसंख्यासँगै बढ्दो खानेपानी समस्यालाई हल गर्न त्यस्ता कुवा र धाराहरुले टेवा पुग्ने देखिन्छ ।
समाजसेवी तथा स्थानीयवासी प्रकाश श्रेष्ठले कुवा र धारालाई संरक्षण गर्न आवस्यक रहेको बताए ।
भाबी पिढीँलाई पनि एतिहासिकताको कुरा थाहा हुने र पानीको संरक्षण गर्दा वाडावासीलाई नै भविष्यमा फाइदा पुग्ने श्रेष्ठ बताउँछन् ।
बिस्तारमा भिडियो मा हेर्नुस्