ए बाबू ! भरिया त अरु पनि छन त !
एक्लैले किन धेरै भारी बोकेको नि ?
ठाउँमा पुर्याउनु पर्छ त !
प्याजका दाना बाटाभरि खसेका भेटिए ।
दुई चारवटा आलु पनि खसेका देखिए ।
आलु अथवा प्याज अरुलाई बोकाउदा हुने थियो त !
अरुहरुले ठगेका त होइनन होला त ।
उनिहरु पनि त उहिलेदेखिकै भरिया हुन त ।
विस्वास पनि गर्ने गर्नु पर्छ ।
अनिमात्र काममा पक्का होइन्छ त !
अरुहरु लखर लखर हिडिरहेका छन ।
तिमी भने भएभरका भारि बोक्ने लोभ त गर्यो ,
थाहा भएन , पैसा धेरै पाउनलाई हो ?
यस्तो अबुजपन नगर न ,
ती खसेका प्याज , आलुको हिसाब त गर्छन नि ।
अनि तिमीलाई नोक्सान हुन्न ?
बाटोमा आमैले सम्झाउदा भए ...
मोतीराज सुनुवार
धरान