लिम्बुवानको लागि असोज ३ कालो दिन

  • असोज ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ संविधान जारी भएको दिन असोज ३ गते नै संघीय लोकतान्त्रिक मञ्च, नेपाल संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालले पत्रकार सम्मेलनको आयोजना गरी सविधान जारी गरेको दिनलाई कालो दिनको रुपमा लिँदै आएको र आफ्नो माग पूरा नहुन्जेलसम्म लिइरहने बताएको छ ।

मञ्चले विहीबार नेपाल पत्रकार महासंघ सुनसरीको सभाहलमा मञ्चसग सम्बद्ध ६ जनवर्गीय संठनहरुको सयुक्त महाधिवेशनको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो ।

सो अवसरमा बोल्दै मञ्चका केन्द्रीय महासचिव सदस्य भुपेन्द्र सुन्दर लावतीले लोकतान्त्रिक गणतान्त्रिक सविधान मुलुका आए पनि संघीयता कायम गर्दा आफूहरुको पहिचानलाई सरकारले वेवास्ता गरेका कारण संविधान जारी गरेको दिनलाई कालो दिनको रुपमा लिएकोे बताउनुभयो ।

उहाँले विगतमा असोज ३ लाई कालो दिनको रुपमा विभिन्न विरोध कार्यक्रमको आयोजना गरिए पनि राजावादीहरुले समेत गणतान्त्रिक संविधानको विरोधमा उत्रिएर विरोध जनाएपछि आन्दोलनको स्वरुप परिवर्तन गरिएको बताउनुभयो ।

उहाँले गणतान्त्रिक मुलुकमा आफूहरुलाई कुनै आपत्ति नभए पनि संघीयता कायम गर्दा बनेका प्रदेशमा पहिचानवादीहरुलाई वेवास्ता गरिएका कारण पहिचानको मुद्धाको विषयलाई उठान गरेर आन्दोलनलाई जारी राखेको बताउनुभयो ।

यस्तै मञ्चले ऐतिहासिक क्षेत्रको संरक्षणका लागि मञ्च अगाडिदेखि नै लागिपरेको् बताउदै ताप्लेजुङको मुक्मुमल्ुङमा बन्न लागेको केवलकार बन्नु नहुने तर्क राख्दै यसको सधै विरोध गर्ने बताउनुभयो ।

उहाँले ताप्लेजुङको पाथीभराको ऐतिहासिकता नामेट हुनुका साथै नेपालको राष्ट्रिय फूलको संरक्षित क्षेत्र लाली गुरास समेत मासिने भएकोले केवलकार बन्न नहुने तर्क राख्नुभयो ।

सो अवसरमा ६ वटा जनवर्गीय संगठनहरुको जिम्मे्वारी र निर्णयहरुका बारेमा प्रष्ट पारिएको थियो ।

जस अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च अन्तर्गत प्रान्तीय महिला ञ्चको अध्यक्षमा सरस्वती सुब्बा ‘हाङमा’को अध्यक्षतामा २७ सदस्यीय कार्य समिति, सघीय विद्यार्थी युनियन, लिम्बुवान प्रान्तीय अध्यक्ष दल प्रकाश लावतीको अध्यक्षतमा १९ सदस्यीय कार्यसमिति, राष्ट्रिय भूमि अधिकार मञ्चको अध्यक्षमा पर्शुराम दाइबा तामाङको अध्यक्षतामा ३१ सदस्यी कार्य समिति,

प्रान्तीय तुम्याङ मञ्चको केन्द्रीय अध्यक्ष टेकबहादुर थोप्राको अध्यक्षतामा २२ सदस्यीय कार्य समिति, सघीय भूतपूर्व सैनिक तथा सुरक्षाकर्मी मञ्चको अध्यक्षमा राजेन्द्र सुकदाबाअको अध्यतामा २७ सदस्यीय कार्य समिति र लिम्बुवान भोलिन्टियर्स (एल.भी) केन्द्रीय कमाण्ड थाङसाङ लावतीको कमाण्डरमा कमाण्ड बनाइएको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved