दोस्राे केपि राई मेमोरियल फुटसल कपको ट्रफि सार्वजनिक "प्रचारका लागि पत्रकार संग मैत्रिपुर्ण फुटसल"

  • भदौ २६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/नेचर क्लव धरानको आयोजना तथा हाम्रो फुटसलको सहयोगमा यहि भाद्र २७ गते देखि २९ गते सम्म हुन लागेको दोस्रो केपि राई मेमोरियल ओपन हाम्रो फुटसल कपको ट्रफि मंगलवार आयोजकले सार्वजनिक गरेका छन ।

 प्रतियोगिता प्रचारका लागि ट्रफि सार्वजनिक संगै सोहि दिन नेपाल पत्रकार महासंघ सुनसरी पत्रकार टिम र आयोजक संञ्जीवनि केन्द्र विच मैत्रिपुर्ण फुटसल समेत संपन्न भएको थियो ।

नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई र आयोजक नेचर क्लवका अध्यक्ष कृष्ण राईले संयुक्त रुपमा ट्रफिको पर्दा हटाएर ट्रफि सार्वजनिक गरेका थिए ।

धरान ८ स्थित हाम्रो फुटसलमा संपन्न महासंघ टिम र आयोजक विच भएको मैत्रिपुर्ण खेल वरावरि ६–६ गोलमा सकिएको थियो ।

 प्रतियोगितामा १६ टिमले सहभागिता जनाउने भएको छ ।

सहभागि टिमहरुमा धरान वाट आयोजक हाम्रो फुटसल, द वे धरान, यति एफसि धरान, स्वर्णीम क्लव धरान, क्रन्च फिटनेस, मुन्नु एफसि, डि आर एफसि धरान, गाइघाट, इटहरि, विराटनगर, झापा, भारतको सिक्किम र काठमाण्डौ वाट तिन टिमले सहभागित जनाउने आयोजक क्लवका अध्यक्ष कृष्ण राईले जानकारी गराए ।

प्रतियोगिताका विजेता टिमले नगद दुई लाख, दोस्रोले नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियाेगिताकाे व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडिले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदयीमान खेलाडिले जनाहि १० हजार रुपैया र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याचले नगद १ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिता धरान १३ निवासी युवा नेता एवं समाजसेवि रवि राईको दिवंगत वुवा केपि (कालिप्रसाद) राईको स्मृतिमा आयोजना गरिएको हो ।

भोजपुर हतुवागढी ८ न. वडामा २००१ सालमा जन्मिएका पुर्व भारतिय गोर्खा सैनिक केपि राईको धरान १३ स्थित आप्mनै निवासमा २०७५ वैशाख १२ गते ७४ वर्षको उमेरमा निधन भएको थियो ।

दिवंगत केपि राई भारतिय भुपु गोर्खा सैनिक संघमा रहेर सामाजिक काममा सक्रिय हुनुहुन्थ्यो 

_बिकास चाम्लिङ राई बाट   

Futsal Fff

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved