प्राविधिक शिक्षामा सधै अब्बल मनमोहन पोलिटेक्निक

  • भदौ २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ मोरडको बुढीगंगा गाउँपालिका ४ मा रहेको मनमोहन पोलिटेक्निक प्राविधिक शिक्षामा सधै अब्बल हुदै आएको छ ।

गुणस्तरिय पठनपाठन गराएर दक्ष जनशक्त्ति उत्पादन गर्न सफल भएपछि सरकारबाट चार पटक पुरस्कृत भैसकेको मनमोहन पोलि प्राविधिक शिक्षाका लागि देशकै अब्बल शिक्षालय बनिरहन सफल भएको हो ।

यो शिक्षालय २०७३ / २०७४ मा प्रदेश भरिको र २०७५ / २०८० मा देशरिकै उत्कृष्ट शिक्षालयका रुपमा पुरस्कृत भैसकेको छ ।

औजार उपकरणले मात्र नभै भौतिक पुर्वाधारले सम्पन्न यो शिक्षालयमा प्रविधिक शिक्षाका लागि विद्यार्थीहरुलाई आवश्यक पर्ने सबै खाले आधुनिक प्रयोगशाला र लाईब्रेरी छन ।

अनुभवी दक्ष शिक्षकहरु भएको यो शिक्षालयमा गुणस्तरिय पढाई हुनेभएकोले भर्ना हुन हरेक बर्ष विद्यार्थीको ओइरो लाग्ने गरेको छ । प्राचार्य सुदिप अधिकारीका अनुसार २६४ सिटमा भर्ना हुन हरेक बर्ष एक हजार जना भन्दा बढि बिद्यार्थीले आवेदन दिने गरेका छन ।

२०६५ मा स्थापना भएको मनमोहन पोलिटेक्निकले अहिले सम्म २५ सय जना दक्ष प्राविधिक जनशक्त्ति उत्पादन गरिसकेको छ । उत्पादन भएका जनशक्त्ति व्यवहारिक रुपमा दक्ष भएकोले प्राय सबैले राष्ट्रिय मात्र नभएर अन्तराष्ट्रिय बजारमापनि पाइसकेका छन ।

कोही थप उच्च प्राविधिक शिक्षा पढेर विज्ञ बनिसकेका छन । मनमोहन पोलिमा दिक्षित भएकाहरुले मात्र नभएर नभएकाहरुले पनि रोजगार पाउने गरेका छन । दिक्षित नभएकाहरु ीदगो हुने भएकोले उनीहरुलाई रोजगार दिन उद्योगहरुले प्राथमिकता दिने गरेका छन ।

देशकै पहिलो मनमोहन प््राविधिक विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा सञ्चालन भैरहेको मनमोहन पोलिटेक्निकमा बिद्यार्थीहरु आफै कमाएरु पढने ‘अर्न टु लर्न ’ कार्यक्रम पनि छ । यसबाहेक यो शिक्षालयले दलित , सिमान्तकृत र जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति पनि दिदै आएको छ ।

भारत सकारसँग २०६२ मा सम्झौता भई २०६५ देखी प्राबधिक बिषयमा पठनपाठन सुरु गरेको यो शिक्षालयमा २०६८ देखी र्इृलेक्ट्रिक्स मेकानिक ,सिभिल र ईलेक्ट्रिक एण्ड ईलेक्ट्रिोनिक्स , आर्किटेक्चर ,ईन्फमेसन टेक्निोलोजी , अटोमावाईल्स आदि ७ वटा विषयमा डिप्लोमा तहमा पढाइ हुदैआएको छ ।

यहाँ दुई बर्षे डिप्लोमा तहको औधोगिक मेकानिकल कोर्ष पनि पढाई हुन्छ । यसबाहेक यो शिक्षालयमा स्थानिय र स्विस सरकारको सहयोगमा विल्डिड , मोटरसाइकल , लाईट भेहिकल ,कमप्युटर हार्डबेयर र नेटवर्किड, एसी मर्रम्मत , टाईल मार्वल फिटिड, विल्डर , पेन्टिङ आदि १२ बिषयको मेकानिक तालिम पनि सञ्चालन हुदैआएको छ ।

अति न्युन खर्चमा बिद्यार्थीहरुलाई कोर्ष गराईरहेको मनमोहनले हरेक बर्ष ४ जनालाई निशुल्क २० जनालाई सहुलियतमा र ३० जनालाई आफै कमाएर पढने गरि निशुल्क पढाउदै आएको छ ।

चार जना बिद्यार्थी पुर्व अध्यक्ष भरतमोहनका छोरी र श्रीमतीले प्रदान गर्ने छात्रबृत्तीमा पढने गरेका छन ।

३० जनाले शिक्षालयकै १० बिगाहा जमिनमा खेती गरेको आम्दानीबाट पढदै आएका छन । हरेक संकायमा ४२ जना बिद्यार्थी हरेक बर्ष भर्ना गर्दै आएको मनमोहनमा हरेक बर्ष १ सय ९२ जना बिद्यार्थीले ईन्जिनियरिङं बिषय पढने गर्ने गरेका छन ।

यसबाहेक हरेक बर्ष ५ सय बिद्यार्थीहरुले एक हप्तादेखी एक बर्षे छोटो अवधिको बिभिन्न निशुल्क तालिमहरु पनि लिँदै आएका छन ।

तीन पटक सरकारबाट उत्कृष्ट प्राविधिक शिक्षालय भनेर पुरस्कृत भैसकेको मनमोहन पोलिटेक्निकले सैद्धान्तिक भन्दा बढी व्यावहारिक शिक्षामा जोड दिनेगरेको छ । यहाँबाट दिक्षित हुने बिद्यार्थीहरु प्राविधिक अनुसन्धानमा पनि दक्ष हुनेगरेका छन ।

पढिसकेपछि देशभरि जहाँपनि तुरुन्तै रोजगारी पाउन सकिने भएकोले मनमोहन पोलिटेक्निकमा पढन विद्यार्थीहरु सधै आर्कषित हुनेगरेका छन ।

प्राचार्य अधिकारी आफनो शिक्षायप्रति गर्वगर्दै भन्छन , ‘ भौतिक पुर्वाधारले माात्र नभएर पाठयक्रमले पनि अरु भन्दा सक्षम र सम्पन्न छौ यसैले हामी अरु शिक्षालय भन्दा अब्बल र अहिले सम्म देशकै उत्कृष्ट शिक्षालय बनिरहन सफल भएका हौ ।’

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved