कोशीमा एमालेले मतदाताको दश प्रतिशत पार्टी सदस्य वृद्धि गर्ने,योजना यस्तो छ

  • भदौ २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा । कोशी प्रदेशमा रहेका मतदाता संख्याको न्युनतम १० प्रतिशत पार्टी सदस्यता वृद्धि गर्ने निर्णय गर्दै नेकपा एमाले कोशी प्रदेश जनसंगठन समन्वय संयन्त्रको कार्याशाला सम्पन्न भएको छ ।
नेकपा (एमाले) का २३ वटै जनसंगठनहरुका प्रदेश अध्यक्षहरु,पार्टी प्रदेश कमिटीले तोकेका जनसंगठनका इन्चार्जहरु, जिल्ला जनसंगठन समन्वय संयन्त्रका प्रमुख र इन्चार्जहरु सहभागी धनकुटाको नाम्जेमा सम्पन्न एकदिने कार्यशालाले एक वर्षका लागि कार्यक्रम समेत निर्माण गरेको छ ।

कार्यशालाले जन संगठनहरु सुदृढिकरण र विस्तारको योजना,राजनीतिक तथा वैचारिक कामको योजना, आर्थिक अनुशासन र व्यवस्थापन योजना, जनसरोकारका सवाल र पार्टी नेतृत्व परिचालन योजना र पेशागत समस्याहरुमा पार्टी नेतृत्व परिचालन योजना निर्माण गरेकोछ ।
रणनीतिक योजना यस्तो छ
कार्यशालाले २०८१ मंसिर मसान्त भित्र २३ वटै जनसंगठनको पालिका स्तरमासम्म संगठन निर्माण गर्ने र जनसंगठनलाई गाउँगाउमा पु¥याउने, सबै जनसंगठनका घटक संगठनहरुलाई २०८१ मंसिरसम्म भेला प्रशिक्षण तथा अधिवेशनहरु सम्पन्न गर्ने, सबै जनसंगठनहरुले आगामी २०८१ असोज पहिलो हप्ताभित्र प्रदेश तहका बैठक भेलाहरु सम्पन्न गर्ने । २०८१ पौष र माघ महिनामा टोलसम्म संगठन निर्माण गरिसक्ने योजना निर्माण भएको छ ।
त्यस्तै संगठनलाई आ–आफ्नो वर्ग समूदायको माग र मुद्धामा केन्द्रित गर्नका लागि प्रत्येक जनसंगठनले प्रदेश तहमा न्यूनतम एउटा र प्रत्येक पालिका तहसम्म बहस पैरवी कार्यक्रम सम्पन्न गर्ने, २०८१ साल भित्रमा एक जनसंगठन एक रचनात्मक कार्यक्रम सम्पन्न गर्नें, २०८१ सालको मंसिरसम्म जिल्ला जनसंगठन समन्वय संयन्त्रको आयोजनामा पालिका तहमा श्रमदान कार्यक्रम गर्नें लगायतका कार्यक्रम निर्माण गरिएको छ ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यता, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधनराईको आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता जनसंगठन समन्वय संयन्त्र कोशीका प्रमुख कोशीका प्रमुख बाबुराम थापाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेकपा (एमाले) कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जोङ, सचिव राजकुमार भण्डारी, उपचसचिव देवान राई र जलवर्षा राजवंशी लगायतका सहभागी थिए ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved