सिन्धुपाल्चाेक/ देशभैर राष्ट्रिय दलित पत्रकार संघ नेपालले शाखाको अधिवेशन गरिरहेको छ ।
जिल्ला तथा प्रदेशको अधिवेशन सकेर केन्द्रिय अधिवेशनको तयारी गर्नु पर्ने भएकाले विधान तह अभिवेशनहरु क्रमस सम्पन्न हुदैछन् ।
यसैवीच सिन्धुपालचोक शाखा पनि नर्गठन गरिएको भएको छ ।
बुधबार मेलम्चीमा आयोजित कार्यक्रमबाट समिति पुनर्गठन गरिएको हो ।
भेलाले चण्डीका नेपालीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
राष्ट्रिय दलित पत्रकार संघमा सिन्धुपालचोक जिल्लाको ५ वटा पालिकाहरु समावेश भएका छन् ।
शाखाको उपाध्यक्षमा गणेश परियार, सचिव राजकुमार मिजार, सह सचिव कौशिला नेपाली, कोषाध्यक्ष दिपेश नेपाली, सदस्यहरुमा माया परियार, प्रमिला वि.क, मुना वि।क र माधव वि.क रहनु भएको छ ।
राष्ट्रिय दलित पत्रकार संघले दलित हक हितका कुरालाई समेटदै विभिन्न उपलब्धि मुलक कार्यक्रमहरु गर्ने निर्णय गरेको अध्यक्ष नेपालीले जानकारी दिनुभयो ।