यो वर्षको दशैंमा पुरानै नोट

  • भदौ १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ यो वर्षको दशैंमा नयाँ नोट नसाटिने भएको छ । नेपाल राष्ट्र बैंकले यो पटक नोट नसाट्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले यो वर्ष नयाँ नोट नसाटिने जानकारी दिएका हुन् ।

नयाँ नोटको सट्टामा पुरानै सुकिला नोट भने दिइने उनले बताए ।

राष्ट्र बैंकले यो वर्षको दशैं–तिहारका लागि पनि ५, १० २०, ५० र १०० का सुकिला नोट सटही गर्नेछ ।

बैंकले प्रत्येक वर्ष प्रतिव्यक्ति १८ हजार ५०० नोट सटही गर्दै आएको छ । राष्ट्र बैंकले हरेक दशैं तिहारलाई लक्षित गर्दै नयाँ नोट सहटी गर्दै आएको थियो ।

नयाँ नोट सटही गर्दा खर्चको व्यवस्थापनमा समस्या भएपछि राष्ट्र बैंकले केही वर्ष अघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने अभ्यासलाई अघि बढाउने योजना बनाएको थियो, तर सकेको थिएन ।

नेपाली बजारमा अहिले ६ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको नोट चलनचल्तीमा रहेको छ ।

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved