प्रकाशलाई पूर्वमुख्यमन्त्रीको १ लाख हल गोरु र जग्गाको पहल गर्ने प्रतिवद्धता

  • भदौ १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  ‘हेर्ने कथा’ प्रकाश तामाङ्गलाई कोशी प्रदेशका मुख्यमन्त्री शेरधन राईले एक लाख र उनको जीविकोपार्जनको आधार बनाउन एक हल गोरु र जग्गा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

भोजपुर षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) का उनलाई घरजग्गासँगै गरीखाने बन्दोबस्तीका लागि सहयोग जुट्न थालेको हो । यसैक्रममा कोशी प्रदेशका पूर्वमख्यमन्त्री शेरधन राईले आफ्नो गृहजिल्लाका प्रकाशलाई नगद १ लाख सहयोग गरेका छन् ।

राईले आज प्रकाशलाई भेटेर उनको योजना र माग पनि सुने । प्रकाशको मागबमोजिम एक हल गोरु, एउटा हाते ट्याक्टर र गरी खाने जग्गाको लागि आवश्यक ठाउँमा पहल गर्ने राईले प्रतिवद्धता जनाएका छन् ।‘अब गाउँमै बसेर बाबुआमाको रेखदेख गर्ने ।

खेतीका लागि आफ्नै जग्गा जमिन भए गरी खान सजिलो हुने उहाँको योजना सुनेँ । यसका लागि स्थानीयदेखि केन्द्र सरकार साथै सरोकारवालासमक्ष मैले पहल गर्नेछु । धेरै सहयोगी हातहरू आइरहनुभएको छ ।

उहाँको नाममा कसैले सहयोगको दुरुपयोग नगरोस् । स्थानीय तहसँगको समन्वयमा एकद्वार प्रणाली भयो भने उहाँलाई वास्तविक न्याय मिल्छ । प्रकाशको वास्तविक कथाले भावविह्वल बनायो । उहाँमात्र होइन भोजपुर र देशभर यस्ता अनेक प्रकाश छन् ।

उनीहरूको लागि हामीले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।

यसअघि भोजपुरका सांसद सुदन किराँतीले पनि माओवादीको तर्फबाट श्रमदान गरेर एउटा घर, एउटा शौचालय, केही लत्ता–कपडा र ६ महिना खाने (गाँस, बास र कपास ) मा सहयो गर्ने घोषणा गरेका थिए ।

नागरिकता बनाएर प्रधानमन्त्री केपी ओलीलाई भेट्न काठमाडौं आएका प्रकाश आज घर फर्किएका छन् ।

गोधुली फुटबलःरात्रीक ...

धरान । धरानको फुटलको इतिहाँस बोकेको गोधुली फुटबल प्रतिय ...

देशकै ठुलो राष्ट्रिय ...

इटहरी ।इटहरी २० तरहरामा राष्ट्रिय कविता प्रतियोगिता हुन ...

घिसिङको पक्षमा धरान ...

धरान । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले नेपाल विद्य ...

धरानका मेयरलाई पत्रः ...

वि.सं. १९९० को महाभूकम्पमा ठूलो धनजनको क्षति व्यहोरे पछ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved